सिडिसीको साहसी निर्णय: स्वस्थ बालबालिका र गर्भवती महिलाका लागि कोभिड खोप अब आवश्यक छैन

इनेप्लिज २०८२ जेठ १४ गते १५:४९ मा प्रकाशित

संघीय स्वास्थ्य निकायले स्वस्थ बालबालिका र स्वस्थ गर्भवती महिलाका लागि कोभिड-१९ खोपलाई अब सिफारिस सूचीबाट हटाएको छ। यो घोषणा स्वास्थ्य तथा मानव सेवा मन्त्री रोबर्ट एफ. केनेडी जुनियरले गरेका हुन्।

केनेडीले आफ्नो सामाजिक सॅजाल एक्स मार्फत  राष्ट्रिय स्वास्थ्य संस्थाका निर्देशक जय भट्टाचार्य र खाद्य तथा औषधि प्रशासन (एफडिएए)आयुक्त मार्टी माकारीसँगै निर्णयको खुलासा गरेका छन्। 

श्रव्यदृश्य(भिडियो)मा केनेडीले बाइडेन प्रशासनलाई “कुनै वैज्ञानिक आधारबिना पुन: खोप लगाउन दबाव दिएको” आरोप लगाउँदै आलोचना गरे।

“यो सामान्य बुद्धि र वैज्ञानिक सोचको निर्णय हो,” भट्टाचार्यले भने। अर्का तर्फ माकारीले भने, “अधिकांश मुलुकहरूले बालबालिकालाई कोभिड खोप सिफारिस गर्न छाडिसकेका छन्।”

यद्यपि यो निर्णय हालसम्म (बिहान १०:५० सम्म) सिडिसी, एफडिसी, एफडिए, एनआईएच र एचएचएसको आधिकारिक सॅजालस्थल(वेबसाइट)मा प्रकाशित भइसकेको छैन। 

तर यो कदम अमेरिकाको स्वास्थ्य नीतिमा ठूलो मोडको रूपमा हेरिएको छ, जसले अनावश्यक खोपको प्रयोगमाथि पुनर्विचारको संकेत दिन्छ।

प्रतिक्रिया