फ्लोरिडामा डुंगा विस्फोट — अमेरिकी मेमोरियल डे (स्मृति दिवस)मा भीषण दुर्घटना, दर्जनौं घाइते

इनेप्लिज २०८२ जेठ १४ गते ०:५० मा प्रकाशित

फोर्ट लाउडरडेल, फ्लोरिडा । अमेरिकी मेमोरियल डे अर्थात् स्मृति दिवसमा फ्लोरिडास्थित फोर्ट लाउडरडेलमा एक डुंगा विस्फोट हुँदा धेरै जना घाइते भएका छन्।

अमेरिकी तटरक्षकका अनुसारसोमबार बेलुका ५:४५ बजे नजिकैको फ्लोरिडा राज्यको फोर्ट लाउडरडेल शहरमा रहेको एउटा विशिष्ट नदी क्षेत्रमा दुर्घटना भएको हो। विस्फोट भएको बेला डुंगामा १३ जना सवार थिए।

तटरक्षक( कोस्ट गार्ड)ले सामाजिक सञ्जालमार्फत दिएको जानकारीमा भनिएको छ, “धेरै जना घाइते भएका छन्।” यद्यपि, उनीहरूको अवस्था कस्तो छ वा कति जना गम्भीर छन् भन्ने जानकारी हालसम्म खुलाइएको छैन।

घाइते सबैलाई आपतकालीन स्वास्थ्य सेवामा लगिएको र घटनाको अनुसन्धान सुरु गरिएको तटरक्षकले जनाएको छ।

स्मृति दिवस अर्थात् मेमोरियल डे को छुट्टीको दिन समुद्री क्षेत्रहरूमा सामान्यतया भीड लाग्ने गर्छ, जसले गर्दा यस्तो दुर्घटनाले सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया