युक्रेनको विदेश गुप्तचर सेवा प्रमुख ओलेह इभाश्चेन्कोले उत्तर कोरियाले रुसलाई उच्च दक्षताका रक्षा उद्योग सम्बन्धी कामदारहरू—विशेष गरी विमान उद्योगमा विज्ञहरू—पठाउन थालेको खुलासा गरेका छन्।
उनले युक्रेनको सरकारी समाचार संस्था उक्रिनफर्मसँग कुरा गर्दै भने, “ उत्तर कोरियाले रुसमा रक्षा-औद्योगिक क्षेत्रमा, विशेष गरेर विमान उद्योगमा, काम गर्न योग्य पृष्ठभूमि भएका विशेषज्ञहरू पठाउन थालेको छ।”
उनका अनुसार, उत्तर कोरियाबाट कृषि, घर र राजमार्ग निर्माणका लागि पनि कामदारहरू रुसमा पठाइँदैछन्।
अलजजिराका अनुसार गत महिनामात्रै उत्तर कोरियाले पहिलोपटक सैनिकहरू युक्रेनविरुद्धको युद्धमा रुसको पक्षमा लडिरहेको स्विकार गरेको थियो ।
सन् २०२४ को जूनमा रुस र उत्तर कोरियाबीच भएको रणनीतिक साझेदारी सम्झौताले कुनै पनि आपतकालीन अवस्थामा “सबै आवश्यक माध्यम प्रयोग गरेर” एकअर्कालाई तत्काल सैन्य सहायता गर्ने वाचा गरेको छ।
यो कदमले रुस–उत्तर कोरिया सम्बन्धलाई नयाँ सैन्य गहिराइमा पुर्याएको विश्लेषकहरूको भनाई छ।
प्रतिक्रिया