युक्रेनी विदेश गुप्तचर प्रमुख ओलेह इभाशचेनको भनाई अनुसार, चीनले रूसी सैनिक उद्योगहरूलाई विभिन्न महत्त्वपूर्ण उत्पादनहरू आपूर्ति गरिरहेको पुष्टि भएको छ।
युक्रेनी सरकारी समाचार संस्था उक्रइन्फर्मलाई सोमबार दिएको अन्तर्वार्तामा उनले भने, “चीनले यन्त्र उपकरण, विशेष रासायनिक वस्तुहरू, बारुद, र प्रतिरक्षा उद्योगका लागि विशिष्ट सामग्रीहरू आपूर्ति गरिरहेको पुष्टि भएको छ।”
इभाशचेनका अनुसार, चीनबाट आपूर्ति पाइरहेका कम्तिमा २० रूसी कारखानाहरूको प्रमाण युक्रेनी गुप्तचर निकायसँग छ। उनले भने, “यी कारखानाहरू रूसी सेनाका लागि हतियार र युद्ध सामग्री उत्पादनमा संलग्न छन्।”
चीनले यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया नदिएको भए तापनि रोयटर्सले चिनियाँ विदेश मन्त्रालयसँग प्रतिक्रिया मागेको छ।
चीन, जसले पछिल्ला वर्षहरूमा रूससँग आर्थिक र व्यापारिक सम्बन्ध अझै बलियो बनाएको छ ।पश्चिमेली प्रतिबन्धहरूको बाबजुद रुसी अर्थतन्त्रलाई परोक्ष रूपमा सहयोग गरिरहेको आरोप युक्रेनले लगाएको छ।
गत महिना राष्ट्रपति भोलोदमिर जेलेंस्कीले पनि पहिलोपटक खुलेर चीनले रूसलाई बारुद र हतियार आपूर्ति गरिरहेको आरोप लगाएका थिए। यसरी युक्रेनले चीनमाथि प्रत्यक्ष सैन्य सहयोगको आरोप लगाउनु दुई देशबीच तनाव बढ्नसक्ने सङ्केत हो।
प्रतिक्रिया