वाशिङ्टन डीसी – राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख प्रतिबद्धताहरू कार्यान्वयन गर्न तयार पारिएको ऐतिहासिक विधेयक पारित गर्ने हाउस अफ रिप्रेजेन्टेटिभ्स( तल्लो सदन)का रिपब्लिकन सांसदहरू र सभामुख माइक जोनसनको खुलेर प्रशंसा गरेका छन्।
“सभामुख माइक जोनसन र हाउस नेताहरूलाई उत्कृष्ट कामको बधाई! र यस ऐतिहासिक विधेयकमा ‘हो’ मतदान गर्ने सबै रिपब्लिकनहरूलाई धन्यवाद,” ट्रम्पले सामाजिक सॅजालमा लेखेका छन्।
अब ट्रम्पले सिनेटलाई तिव्रता साथ काम गर्न आह्वान गर्दै भने, “अब समय आएको छ कि अमेरिकी सिनेटका हाम्रा साथीहरूले यो विधेयक छिटो पारित गरून् र सकेसम्म चाँडो मेरो टेबलमा पठाऊन्। समय खेर फाल्ने ठाउँ छैन।”
सिनेटले विधेयकमा केही परिमार्जन गर्ने सम्भावना रहेकाले त्यसपछि पुनः हाउस( तल्लो सदन)मा फर्काउनुपर्ने हुन सक्छ।
ट्रम्प समर्थकहरूले यस विधेयकलाई राष्ट्रको दिशा बदल्ने रणनीतिक कागजको रूपमा हेरिरहेका छन्।
प्रतिक्रिया