इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बुधबार एक पत्रकार सम्मेलनमा घोषणा गर्दै गाजास्थित हमासका प्रमुख नेता मोहम्मद सिनवार ‘सम्भवत: मारेका छौं’ भने । मोहम्मदले आफ्ना भाई यह्या सिनवारको मृत्युपछि अक्टोबर २०२४ मा हमासको नेतृत्व सम्हालेका थिए।
“हामीले हजारौ आतंकवादीहरू समाप्त गरेका छौ,” नेतन्याहुले भने, “हामीले देइफ, हनिये, यह्या सिनवारलाई मारेका छौं र सम्भवत: मोहम्मद सिनवार पनि अब जीवित छैन।”
इजरायली सेनाले १३ मे मा खन युनिस नजिकै हमास नेताहरूलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो। “६७० भन्दा बढी हमास लक्ष्यहरू नष्ट गरियो, दर्जनौं आतंककारीहरू मारिए,” आईडीएफले जनाएको छ ।
५ मेमा इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले “अपरेशन गिडेओनस चेरियट्स” नामक नयाँ भूमिगत कारबाहीलाई स्वीकृति दिएको थियो। यस अन्तर्गत अधिकांश गाजा बासिन्दालाई स्थानान्तरण गरिने र गाजा पूर्णत: इजरायली सुरक्षा नियन्त्रणमा ल्याइने योजना छ।
नेतन्याहुले अगाडी भने , “युद्धको अन्त्य स्पष्ट सर्तमा मात्र हुनेछ — बन्धकहरूको सुरक्षित फिर्ती, हमासको निरस्त्रीकरण, यसको नेतृत्वको पतन, र गाजा पूर्ण रूपमा असैनिक क्षेत्र बनाउने। ट्रम्प योजनाको कार्यान्वयन अनिवार्य छ।”
इजरायली रक्षा मन्त्री इजरायली काट्जका अनुसार, यो कारवाही पछि इजरायली सेना गाजामा नै रहनेछ।
यो घोषणाले इजरायल–हमास युद्ध निर्णायक चरणमा पुगेको संकेत गर्दछ।
प्रतिक्रिया