राष्ट्रपति डोनाल्ड ट्रम्पको आजको मध्यपूर्व भ्रमणका क्रममा संयुक्त राज्य अमेरिकाले कतारसँग १.२ ट्रिलियन ( खर्व)डलर बराबरको विशाल आर्थिक लगानी सम्झौता पक्का गरेको छ।
ट्रम्पले घोषणा गर्दै भने,“आज हामीले जुन ऐतिहासिक सम्झौताहरू सम्पन्न गरेका छौं, तिनीहरूले पुस्तौंदेखि नवप्रवर्तन र समृद्धिको मार्ग खोल्नेछ, अमेरिकी निर्माण उद्योग र प्रविधि नेतृत्वलाई सशक्त बनाउनेछ, र अमेरिकालाई नयाँ स्वर्ण यूगतर्फ लैजानेछ।”
यो सम्झौता हालसम्मको अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आर्थिक साझेदारी मानिएको छ, जसले व्यापार, ऊर्जा, रक्षा, प्रविधि र पूर्वाधार क्षेत्रमा दीर्घकालीन लाभ पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया