अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा लागू गरिएका प्रतिबन्धहरू हटाउने घोषणा गरेपछि अरब राष्ट्रहरू र अमेरिकाबाट प्रतिक्रिया आइरहेका छन्। यो कदम सिरियाको नयाँ सरकारको लागि ठूलो जित मानिएको छ, जुन असद सरकारको पतनपछि आएको हो।
सामाजिक संजालका श्रब्यदृश्य (मिडिया)मा हर्षित भीडका श्रब्यदृश्य (भिडियो)हरू देखा परेका छन्। साउदीका शहरमा मानिसहरू सिरियाली र साउदी अरबको झण्डा ओढेर, “साउदी अरबको जय होस्, साउदी अरबको जय होस्! सलमानको जय होस्, सलमानको जय होस्!” भन्दै नाराबाजी गरे , जुन साउदी राज कुमारको (क्राउन प्रिन्स)को सन्दर्भमा देखिन्छ।
सिरियाको विदेश र प्रवासी मामिला मन्त्रालयले सामाजिक संजाल एक्समा यो कदमलाई “सिरियाली जनताका लागि एक विद्रोही मोड” को रूपमा वर्णन गर्दै, यो निर्णयलाई “सिरियालाई स्थिरता र आत्मनिर्भरता तर्फको यात्रा गर्ने अवसर” भनेको छ।
सिरियाका अर्थतन्त्र र व्यापार मन्त्री, मोहम्मद निडाल अल-शार अल अराबियाको प्रत्यक्ष अन्तर्वार्तामा आँसु सहित भने, “सिरिया अहिले नयाँ चरणमा प्रवेश गर्दैछ।”
कतारको विदेश मन्त्रालय र लेबनानका राष्ट्रपति जोसेफ औनले पनि यस घोषणामा प्रशंसा गरेका छन्।
संयुक्त राष्ट्र संघका विशेष दूत गियर पेडरसनले यस कदमलाई स्वागत गर्दै भने, “प्रतिबन्ध हटाउनु महत्त्वपूर्ण छ ताकि आवश्यक सेवाहरूको आपूर्ति सम्भव होस्।”
अमेरिकामा सीनेट विदेश सम्बन्ध समितिका प्रमुख सदस्यहरू रिपब्लिकन जिम रिच र डेमोक्रेट जेनी शाहीनले यस कदमको समर्थन गरेका छन् । शाहीनले मङ्गलबार एक वक्तब्यमा भनिन्, “मैले राष्ट्रपति द्वारा यो घोषणा सुनेर हर्षित छु र म यो अवसर सिरियाका लागि बन्द हुन नदिने सुनिश्चित गर्न विदेश विभाग र एनएससीसँग सम्पर्कमा छु।”
रिपब्लिकन सिनेटर लिण्डसे ग्राहम जो ट्रम्पका नजिकका मित्र मानिन्छन र उनले भने , “म सिरियामा प्रतिबन्ध हटाउने पक्षमा छु, यदि सही शर्तहरू पूरा गरिए भने।
प्रतिक्रिया