अमेरिकाको एरिजोनाको एक चमेनागृहमा गोलीकाण्ड: कम्तीमा ९ घाइते, बहु आक्रमणकारी संलग्न

इनेप्लिज २०८२ वैशाख २२ गते १०:३९ मा प्रकाशित

अमेरिकाको एरिजोना राज्यको ग्लेन्डेलस्थित एक चमेनागृह (रेस्टुरेन्ट)मा आइतवार राति गोलीकाण्ड हुँदा कम्तीमा ९ जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार घटनामा एकभन्दा बढी आक्रमणकारीहरू संलग्न रहेको विश्वास गरिएको छ।

गोली साँझ ७:४५ बजे “एल क्यामारोन गिगान्ते” नामक चमेनागृहमा भएको हो । प्रहरीले जनाए अनुसार अहिले उक्त क्षेत्र सुरक्षित रहेको र सर्वसाधारणलाई कुनै जोखिम छैन।

घटनापछि प्रहरीहरूले केही व्यक्तिहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएका छन् तर अहिलेसम्म कसैलाई औपचारिक रूपमा गिरफ्तार गरिएको छैन। तर अनुसन्धान जारी रहेको एबिसीन्यूजले जनाएको छ ।

प्रहरी अधिकारीहरूले पत्रकार सम्मेलनमार्फत जनाए अनुसार प्रारम्भिक विवरणले घटनामा “एकभन्दा बढी बन्दुकधारी” को संलग्नता देखाएको छ। गोलीकाण्डको वास्तविक कारण र दोषीको पहिचानका लागि विस्तृत अनुसन्धान भइरहेकाे बताइएको छ।

यस भीषण घटनाले पुनः अमेरिकामा बढ्दो सामूहिक गोलीकाण्डप्रति गम्भीर चिन्ता जगाएको छ।

प्रतिक्रिया