शक्तिशाली सन्देश: अमेरिकामा बनेका चलचित्र नै चाहिन्छ! — राष्ट्रपति ट्रम्पको घोषणा

इनेप्लिज २०८२ वैशाख २२ गते ०:२८ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले आज आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिकी चलचित्र उद्योगबारे गम्भीर चिन्ता व्यक्त गर्दै एक शक्तिशाली सन्देश सार्वजनिक गरेका छन्। उनले लेखेका छन् ,”अमेरिकाको चलचित्र उद्योग तीव्र रूपमा बिनाशको दिशातर्फ गइरहेको छ ।” उनका अनुसार, अन्य देशहरूले अमेरिकी चलचित्र निर्माता र स्टुडियो(प्रसारण-कक्ष)लाई आफ्ना देशमा आकर्षित गर्न विभिन्न प्रलोभन दिइरहेका छन्, जसका कारण हलिवुड लगायत अमेरिकाका धेरै क्षेत्रहरू तहसनहस हुँदैछन्।

ट्रम्पले यो अवस्थालाई केवल आर्थिक समस्या नभई राष्ट्रिय सुरक्षासँग सम्बन्धित खतराको रूपमा चित्रण गरेका छन्। “यो योजनाबद्ध विदेशी प्रयास हो,” उनले भनेका छन्, जसको उद्देश्य अमेरिकी सांस्कृतिक र सूचना प्रभावलाई कमजोर बनाउने हो। उनले यो प्रक्रिया प्रचारप्रसार र सन्देश युद्धको हिस्सा भएको पनि बताएका छन्।

यस संकटको प्रतिकारस्वरूप, ट्रम्पले अमेरिकी वाणिज्य विभाग र व्यापार प्रतिनिधिलाई विदेशी भूमिमा निर्माण भएका सबै चलचित्रहरूमा १००% भन्सार शुल्क शुल्क) लगाउने प्रक्रिया तत्काल सुरु गर्न निर्देशन दिएका छन्।

उनको अन्तिम सन्देश भनेको नै हामी फेरि अमेरिकामा नै बनेका चलचित्रहरू चाहन्छौं रहेको छ । यस घोषणाले ट्रम्पको “अमेरिकालाई पुनः महान बनाऔँ” भन्ने अभियानलाई सांस्कृतिक क्षेत्रमा पनि विस्तार गरेको देखिन्छ, र चलचित्र उद्योगका लागि यो एक निर्णायक मोड बन्न सक्छ।

प्रतिक्रिया