रियो डि जिनेरो, ब्राजिल – ब्राजिलको रियो डि जिनेरोमा शनिबार भएको लेडी गागाको सङ्गीत कार्यक्रम (कन्सर्ट)मा बम आक्रमणको प्रयास विफल पारिएको छ।
२ मिलियन अर्थात् २० लाख भन्दा बढी प्रशंसकहरूलाई आकर्षित गरेको सङ्गीत कार्यक्रमको दौरान, स्थानीय प्रहरी र न्याय मन्त्रालयको समन्वयमा दुई व्यक्तिलाई पक्राउ गरिएको छ। यो आक्रमणको योजना लस गार्डास भन्ने समूहद्वारा गरिएको भनिएको छ, जसले एलजीबीटीक्यू समुदायविरुद्ध घृणा प्रचार गर्ने काम गरिरहेको थियो।
प्रहरीका अनुसार, यस समूहले सिसीमा पेट्रोल र विस्फोटकहरूको प्रयोग गर्दै किशोरकिशोरीलाई उक्साएर आक्रमण गराउन चाहन्थ्यो।
रियो डि जिनेरो राज्य प्रहरीका अनुसार समूहको नेता र एक किशोरलाई पक्राउ गरिएको छ। किशोरलाई बाल अश्लिल तस्बिर (पोर्नोग्राफी)को आरोपमा र समूहका नेता सबैभन्दा ठूलो हतियार कब्जा गर्ने आरोपमा पक्राउ परेका थिए। यो घटना तब घट्यो जब लेडी गागाले आफ्नो जीवनको सबैभन्दा ठूलो सङ्गीत कार्यक्रमको आयोजना गरिरहेकी थिइन्।
सङ्गीत कार्यक्रममा गागाले दर्शकहरूलाई आभार व्यक्त गर्दै भनिन् “आज रात हामी इतिहास बनाउन गइ रहेका छौं। धन्यवाद, तपाईहरूको कारणले हामी इतिहास बनाइरहेका छौं।”
सङ्गीत कार्यक्रममा उपस्थित रहेको २ मिलियन दर्शकले गागाको प्रमुख गानाहरूमा रमाइरहेका थिए। उनीहरुले आफ्नो प्रिय गायिकाको संगीतमा झुम्दै नाच्दै अविस्मरणीय रात बिताई रहेका थिए ।
सम्बन्धित अधिकारीहरूले सङ्गीत कार्यक्रमको सुरक्षा योजनामा ३,३०० सैनिक, १,५०० प्रहरी र ४०० दमकलकर्मीहरूलाई परिचालन गरेका थिए। यस घटनाले रियो डि जिनेरोको सांस्कृतिक जीवनलाई नयाँ उचाइमा पुर्याएको छ । यसले शहरको अर्थतन्त्रलाई पनि ठूलो फाइदा पुर्याउने आशा गरिएको छ।
प्रतिक्रिया