मेरील्याण्डको क्विन एन्स काउन्टीमा रहेको बे ब्रिज विमानस्थल बुधबार बिहान एक सानो विमानको दुर्घटनापछि अस्थायी रूपमा बन्द गरिएको छ। बिहान करिब १०:३० बजे अवतरणको क्रममा विमान धावनमार्गबाट चिप्लिएर चेसापिक बे( समुन्द्रतट)को किनार नजिकैको दलदलयुक्त क्षेत्रमा पुगेको हो।
काउन्टी सरकारकी जनसम्पर्क प्रबन्धक एलिजाबेथ मलास्कीका अनुसार विमान धावनमार्गबाट चिप्लिएर आंशिक रूपमा पानीमा अड्किएको थियो। यद्यपि धावनमार्गमा कुनै भौतिक क्षति नभएको पुष्टि गरिएको छ। तर, पूर्ण अनुसन्धान सम्पन्न नभएसम्म विमानस्थल बन्द नै राखिने जनाइएको छ।
उक्त विमानमा मात्र एक व्यक्ती,एक बिमानचालक र एक सवार रहेका थिए ।जसलाई कुनै चोटपटक नलागेकोले उनीहरुले स्वास्थ्य उपचार लिन अस्वीकार गरेका थिए ।
घटनास्थलमा मेरील्याण्ड राज्य प्रहरीका अधिकारीहरु र आपतकालीन स्वास्थ्य टोलीले तदारुकताका साथ सहयोग गरेका थिए।
हाल, संघीय विमान प्रशासनले घटनाको अनुसन्धान गरिरहेको छ, र प्रारम्भिक प्रतिवेदन बिहीबारसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ।
बे ब्रिज विमानस्थल क्विन एन्स काउन्टीको स्वामित्वमा रहेको हो, जसले विमान मर्मत, विमानचालक प्रशिक्षण र विमान राख्ने सेवा प्रदान गर्छ।
यो मेरील्याण्डका ३३ सार्वजनिक विमानस्थलहरूमध्ये एक हो, र चारवटा काउन्टीद्वारा सञ्चालित विमानस्थलहरूमध्ये पर्छ।
प्रतिक्रिया