“किम जोङ उनले नयाँ युद्धपोतबाट ध्वनिको गति भन्दा तीव्र क्षेप्यास्त्र परीक्षण निरीक्षण गरे: नौसेना परमाणुकरणतर्फ तीव्र गतिको संकेत”

इनेप्लिज २०८२ वैशाख १७ गते १०:५४ मा प्रकाशित

उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ युद्धपोत ‘चोए ह्योन’ बाट सुपरसोनिक क्रुज(ध्वनिको गति भन्दा तीव्र प्राक्षेपिक) क्षेप्यास्त्र परीक्षणको निरीक्षण गरेका छन्। यो जानकारी उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसिएनए )ले बुधबार दिएको हो।

केसिएनएका अनुसार सोमबार र मंगलबार गरिएको परीक्षणमा सुपरसोनिक क्रुज मिसाइल( ध्वनिको गति भन्दा तीव्र चल्ने प्राक्षेपिक क्षेप्यास्त्र), रणनीतिक क्रुज(समुन्द्री क्षेप्यास्त्र) ,मार हन्ना सक्ने क्षेप्यास्त्र र१२७ मिमी जहाजी तोप जस्ता हतियार प्रणाली परीक्षणमा समावेश थिए।

किमले जहाजको निरीक्षण गर्दै परीक्षण अवलोकन गरे। किमले भने शक्तिशाली आक्रमण क्षमताको आधारमा आक्रामक रक्षा प्रणाली विकास गर्न जरूरी छ।

साथै उनले नौसेनाको परमाणुकरणलाई तीव्र पार्न आवश्यक भएको बताए। ५,००० टनको चोए ह्योन विध्वंसक जहाज गत हप्ता पश्चिमी बन्दरगाह नाम्पोमा आयोजित विशेष समारोहमा सार्वजनिक गरिएको थियो। किमले यसलाई उत्तर कोरियाको नौसैनिक आधुनिकीकरणमा ठूलो उपलब्धि भनेका थिए।

एबिसीन्यूजका अनुसार किमले अब ब्लू-वाटर फ्लीट अर्थात् मुक्त समुद्रमा सञ्चालन गर्न सक्ने नौसैनिक क्षमता निर्माण गर्ने लक्ष्य रहेको बताए, जुन कोरियाली प्रायद्वीपको सीमित समुद्री सीमाभन्दा बाहिर जाने क्षमतासँग जोडिन्छ।

उत्तर कोरिया अहिले रुससँगको सैन्य सहकार्य बढाउँदै गएको छ। पश्चिमी देशहरूका अनुसार रुसले युक्रेन युद्धमा उत्तर कोरियाको सहयोगको बदलामा सैन्य प्रविधि साटासाट गर्न सक्ने संकेत देखाएको छ।

यसैबीच, उत्तर कोरियाले आफ्नो परमाणु आक्रमण क्षमतालाई सुदृढ गर्न क्षेप्यास्त्र परीक्षण पनि निरन्तर जारी राखेको छ।

प्रतिक्रिया