अमेरिकाको विस्कन्सिन सर्वोच्च अदालतले मंगलबार एक प्रशासनिक आदेश जारी गर्दै मिलवाकी क्षेत्रीय अदालत ( सर्किट कोर्ट)की न्यायाधीश ह्यान्ना डुगानलाई “अस्थायी रूपमा पदबाट हटाइएको” घोषणा गरेको छ।
गत शुक्रबार, डुगानलाई आप्रवासन विभाग (आइसिइ) का अधिकारीहरूबाट एक आप्रवासीलाई बचाउन खोजेको आरोपमा पक्राउ गरिएको थियो। आपराधिक उजुरीअनुसार, उनले सरकारी प्रक्रिया अवरोध गरेको, व्यक्तिलाई लुकाएर गिरफ्तारीबाट बचाएको आरोपमा मुद्दा लगाइएको छ।
विस्कनसिन सर्वोच्च अदालतको आदेशमा भनिएको छ, “डुगानलाई विस्कन्सिन राज्यको सर्किट कोर्ट(क्षेत्रीय अदालत) न्यायाधीशको अधिकार प्रयोग गर्न अस्थायी रूपमा रोक लगाइएको छ।” आदेश अर्को सूचना नभएसम्म लागू रहने जनाइएको छ।
विस्कन्सिन न्यायालय प्रणालीले फक्सन्यूजसँग पुष्टिको गर्दै बताएको छ कि डुगान यो हप्ता अदालतमा फर्किने छैनन् । उनका मुद्दाहरू अन्य न्यायाधीशहरूले हेर्नेछन्।
डुगानलाई आगामी मे १५मा संघीय अदालतमा उपस्थित हुन भनिएको छ, जहाँ उनीमाथि संघीय निकायको कार्यमा बाधा पुर्याएको (अपराध) र व्यक्ति लुकाएर गिरफ्तारीबाट बचाएको आरोप लागेका छन्।
यो प्रकरणले अमेरिकी न्याय प्रणालीभित्र कानूनको सम्मान र निष्पक्षता सुनिश्चित गर्ने कडाइलाई उजागर गरेको छ।
प्रतिक्रिया