अमेरिकाको फ्लोरिडा स्थित की वेस्ट नामक समुन्द्रीतटमा अमेरिकी नौसेना वायु चौकी (नेवी एयर स्टेशन)को सैन्य आवास क्षेत्रमा कोस्ट गार्ड( तट रक्षक)का एक सक्रिय सदस्यकी पत्नीलाई संघीय आप्रवासन अधिकारीहरूले पक्राउ गरेका छन्। यो घटना यस हप्ताको गत बिहीबार भएको थियो।
सामुद्रिक सुरक्षा बल (कोस्ट गार्ड)का प्रवक्ता वरिष्ठ सैनिक अधिकारी स्टीव रोथका अनुसार महिला सामुद्रिक सुरक्षा बल (कोस्ट गार्ड)की सदस्य होइनन ।
उनलाई गृह सुरक्षा अनुसन्धानले कानूनी आधारमा पक्राउ गरेको हो। उनले भने, सामुद्रिक सुरक्षा बल संघीय कानूनहरू कार्यान्वयन गर्न एचएसआइर अन्य संघीय निकाय सँग मिलेर काम गर्दछ।
अधिकारीहरूको अनुसार, उक्त महिलाको कार्य प्रवेशाज्ञा (भिसा )२०१७ मा सकिएको थियो । र ,त्यसपछि केही वर्षमा उनलाई अमेरिकी भूमिबाट निष्कासन गर्न आदेश दिइएको थियो। यो वर्षको शुरुमा उक्त महिला र तट रक्षक (कोस्ट गार्ड )सदस्यको विवाह भएको थियो।
सैन्य आवासमा सर्ने तयारी गरिरहेका जब उनीहरू आगन्तुक प्रवेशपत्र (भिजिटर पास )प्राप्त गर्नको लागि सैन्य क्षेत्रको आगन्तुक नियन्त्रण कन्ट्रोल केन्द्रमा गएका थिए । त्यति बेला सामान्य सुरक्षा जाँचमा महिलाको नाम पत्ता लाग्यो । त्यसपछि नौसेना अनुसन्धान सेवा (नेवी क्रिमिनल इन्भेस्टिगेटिव सर्भिस र तट रक्षक (कोस्ट गार्ड)का सुरक्षा अधिकारीहरूले जाँच गरे।
तत्कालीन कारबाही पछि संघीय अधिकारीहरूले महिला पक्राउ गरे र उनलाई अहिले पनि हिरासतमा राखिएको भनिएको छ। अधिकारीहरूले महिला कहाँकी नागरिक भएको जानकारी भने दिएका छैनन्।
अमेरिकी नौसेनाका अनुसार संघीय कानून प्रवर्तनका अधिकारीहरूसँग पूर्ण सहकार्य गरेको र सैनिक प्रतिष्ठानको सुरक्षा र पहुँचलाई गम्भीरतासाथ लिएको जनाएको छ।
प्रतिक्रिया