क्याथोलिक धर्म गुरु पोप फ्रान्सिसको अन्त्येष्टि सम्पन्न भएको छ । उनलाई सान्ता मारिया म्याज्योरेमा अन्तिम विश्रामस्थलमा लगिएको छ। यो स्थानमा गाडिन उनले आफ्ना अन्तिम इच्छापत्रमा अनुरोध गरेका थिए।
“मैले आफ्नो जीवन र मेरो पादरी तथा धर्माध्यक्षीय सेवालाई सधैं हाम्रा प्रभुकी आमामा, पवित्र मरियममा समर्पित गरेको छु। त्यसैले म चाहन्छु कि मेरो नश्वर शरीर सान्ता मारिया म्याज्योरेको पापल बेसिलिकामा विश्राम गरोस्,” पोपले लेखेका थिए।
क्याथोलिक धर्म गुरु फ्रान्सिस पछिल्लो १०० वर्षमा पहिलो यस्ता पोप बनेका छन् जो सेन्ट पिटर बासीलीकाको मुनि नभइ अर्को स्थानमा गाडिने छन्। उनले आफ्नो समाधि “सरल र विशेष सजावटबिना, केवल ‘फ्रान्सिस्कस’ भन्ने लेखिएको” होस् भन्ने आग्रह गरेका थिए।
परम्परागत ल्याटिन मिस्सा (ल्याटिन मिस्सा = ल्याटिन भाषामा गरिने परम्परागत क्याथोलिक पूजा विधि।)सन् १५७० मा पोप सन्त पियस पंचमले औपचारिक बनाएका थिए । केही क्याथोलिकहरूले आज पनि अभ्यास गरिरहेका छन्।
प्रमुख गुरु जोभानी बाप्तिस्ता रेले अन्त्येष्टि प्रवचन दिँदै भने पोप फ्रान्सिस जनताको बीचका धर्म गुरु थिए ।
प्रतिक्रिया