राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्की बीच पोप फ्रान्सिस(क्याथोलिक धर्मका सर्वोच्च गुरु)को अन्त्येष्टिमा अत्यन्तै ‘उत्पादक’ वार्ता सम्पन्न भएको छ।
ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले पोप फ्रान्सिसको अन्त्येष्टिको अवसरमा एकान्तमा बसेर उत्पादकमूलक छलफल गरेका छन् ।
व्हाइट हाउस सञ्चार निर्देशक स्टिभन चेउङले शनिबार बिहान एक विज्ञप्तिमा पुष्टि गर्दै भने ट्रम्प र जेलिन्स्की पोप फ्रान्सिसको अन्त्येष्टिभन्दा अघि भेटेका थिए।
चेउङले भने, “राष्ट्रपति ट्रम्प र राष्ट्रपति जेलिन्स्की आज निजी रूपमा भेटे र धेरै उत्पादकमूलक छलफल गरे।” उनले अगाडी भने , “भेटवार्ताको थप विवरण पछि सार्वजनिक गरिनेछ।”
हालसालै राष्ट्रपति ट्रम्पले रूस र युक्रेन दुवैलाई युद्ध अन्त्य गर्दै सम्झौता गर्न दबाब दिएका थिए। बिहीबार सामाजिक संजाल ट्रुथ सोशलमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि आक्रमण तुरुन्त रोक्न माग गरेका थिए।
तर, जेलिन्स्कीले क्राइमियामाथि रुसको दाबी अस्वीकार गर्ने भनाइपछि, ट्रम्पले उनलाई बुधवार सामाजिक संजालमै कडा आलोचना गरेका थिए। ट्रम्पले उक्त अभिव्यक्तिलाई “उत्तेजक” र “शान्ति प्रयासका लागि अत्यन्तै हानिकारक” भनेका थिए।
रोम समयअनुसार बिहान १० बजे (पूर्वी अमेरिकी समय अनुसार बिहान ४ बजे) पोप फ्रान्सिसको अन्त्येष्टि सुरु भएको छ । सेन्ट पिटर्स स्क्वायर हुँदै उनको शवबाकस बोकिने क्रममा हजारौं श्रद्धालु तथा विश्व नेताहरुले श्रद्धाञ्जली अर्पण गरे।
१२ वर्षसम्म क्याथोलिक गिर्जा घरघर(चर्च)को नेतृत्व गरेका पोप फ्रान्सिस(धर्म गुरु)को निधनपछि अमेरिकी राष्ट्रपतिहरुले पनि श्रद्धाञ्जली अर्पण गरे। राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सोमबार सामाजिक संजाल ट्रुथ सोशलमा लेखे, “पोप फ्रान्सिसलाई शान्ति मिलोस्! भगवानले उनलाई र उनलाई प्रेम गर्ने सबैलाई आशिष दिऊन्!”
८८ वर्षीय पोप फ्रान्सिस सन् २०१३ मा पोप बेनेडिक्ट १६ औंको उत्तराधिकारी बनेका थिए। अर्जेन्टिनाबाट आएका उनी, १००० वर्षपछि पहिलो गैर-युरोपेली पोप बनेका थिए।
प्रतिक्रिया