अदालतको फैसला: अमेरिकाको आइडाहोमा ४ जना बिधार्थीको हत्याका आरोपी कोहबर्गरमाथि मृत्युदण्डको सजाय लागु हुन सक्ने, अटिज्म(आत्मरोग)को कारण छुट नहुने सङ्केत

इनेप्लिज २०८२ वैशाख १२ गते ०:१६ मा प्रकाशित

आइडाहो — एक संघीय न्यायाधीशले ब्रायन कोहबर्गरमाथि सन् २०२२ मा आइडाहो विश्वविद्यालयका चार विद्यार्थीहरूको हत्या अभियोग प्रमाणित भएमा मृत्युदण्ड लागू गर्न सकिने निर्णय गरेका छन ।,यद्यपि कोहबर्गरलाई हालै अटिज्म स्पेक्ट्रम डिसअर्डर अर्थात् अटिज्म श्रेणी विकार भएको पुष्टि भएको छ।

३० वर्षीय कोहबर्गरलाई नोभेम्बर १३, २०२२ मा मस्को आइडाहोमा बिश्वबिद्यालयको परिसर नजिकैको घरमा इथन चेपिन, जाना कर्नोडल, म्याडिसन मोगन र केली गनकाल्भेसको धारिलो हतियारबाट हत्या गरेको आरोप लागेको हो।

उनको मुद्दाको सुनुवाइ आगामी अगस्तमा सुरु हुने तय भएको छ । र ,अभियोजन पक्षले अभियुक्त दोषी ठहरिए मृत्युदण्डको माग गर्ने बताइसकेका छन्। तर बचाउ पक्षले अदालतमा कोहबर्गरको अटिज्म ((आत्मरोग)अवस्थाले उसको कानुनी दोषलाई घटाउने भन्दै मृत्युदण्ड हटाउने माग गरेका थिए।

कोहबर्गरका वकिलहरूका अनुसार, “उनको आत्मरोग (अटिज्म)ले उनको जिम्मेवारी घटाउँछ, मृत्युदण्डको प्रतिशोध र निवारक उद्देश्यलाई निष्क्रिय बनाउँछ र उनलाई गलत सजायको जोखिममा पार्दछ,” जुन अमेरिकी संविधानको आठौं संशोधन अनुसार ‘क्रूर र असमान सजाय’ ठहरिन सक्छ।

तर अभियोजन पक्षका अनुसार सर्वोच्च अदालतको प्रस्ट निर्देश अनुसार केवल बौद्धिक अपांगता भएकाहरू माथि मात्रै मृत्युदण्ड निषेध हुन्छ । कोहबर्गरको आत्मरोग हल्का रहेको र कुनै बौद्धिक कमजोरी नदेखिएको दाबी गरे।

हत्या हुँदा कोहबर्गर वाशिङ्टन राज्य विश्वविद्यालयमा आपराधिक न्याय (क्रिमिनल जस्टिस )अध्ययन गरिरहेका थिए। घटनास्थलबाट भेटिएको चक्कुको खोलमा भेटिएको डिएनए उनि सँग मिलेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

सबै पीडितहरू निदाइरहेका बेलामा आक्रमणबाट घाइते भएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ।

प्रतिक्रिया