फ्लोरिडाका ३० मिलियन डलर जितेका विजेता एब्राहम शेक्सपियरको हत्यामा दोषी ठहरिएकी डोरीस “डी डी” मुर २०१२ देखि आजीवन कैद सजाय भोगिरहेकी छन्। एबिसीन्यूजले जनाए अनुसार तर एक दशकपछि पनि उनी आफू निर्दोष भएको दाबी गर्दै पुनःन्यायको माग गरि रहेकी छिन् ।
“पैसाका लागि उनको ज्यान जानु पर्ने कुनै कारण थिएन,” मुरले कारागारबाट एबिसीन्यूजसँगको विशेष अन्तर्वार्तामा भनिन्।
अब्राहम शेक्सपियर २००६ मा चिट्ठा जितेपछि २००९ मा अचानक हराएका थिए। केही महिनापछि उनको शव मुरको घरको पछाडिको आँगन ढलान (काँक्रिट)मुनि दुई गोली लागेर गाडिएको अवस्थामा भेटिएको थियो ।
पूर्व मालबाहक(ट्रक) गाडीमा सामान राख्ने र कपाल काट्ने पसलमा झाडु लगाउने समेत काम गर्ने शेक्सपियर चिट्ठा जितेपछि उदार बने । र ,एबिसीन्यूजका अनुसार मुरसँगको भेटपछि उनले आफ्नो जीवनको नियन्त्रण गुमाए।
मुरले शेक्सपियरको आर्थिक समस्यामा सहयोग गरिरहेकी बताएकी थिइन् तर अभियोजन पक्षले उनीमाथि उनको खाताबाट १ मिलियन (१० लाख डलर)डलर झिकेर महँगो गाडी किनेको र विलाशिता छुट्टिमा गएको आरोप लगाएका थिए ।
अन्ततः, मुरले शेक्सपियरको साथी ग्रेग स्मिथलाई उनलाई नक्कली आवाजमा दूरवार्ता (फोन )गराएर आमालाई छोराले बोलिरहेको नाटक गराइन्। यही गल्तीले उनको पर्दाफास भयो।
जेल जीवन भोगिरहेकी मुरको पुनःन्यायको माग २०२३ मा पुनः अस्वीकृत भयो। उनले अनुसन्धानकर्तामाथि भ्रष्टाचारको आरोप लगाए पनि प्रहरीले त्यसलाई अस्वीकार गर्यो।
प्रतिक्रिया