गम्भीर अपराधमा दोषी अवैध आप्रवासी फर्काउन अमेरिकी अदालतको आदेश कायम

इनेप्लिज २०८२ वैशाख ४ गते २१:५२ मा प्रकाशित

एक अमेरिकी संघीय अपील अदालतले बिहीबार अमेरिकी न्याय विभागको आपतकालीन अनुरोधलाई अस्वीकार गरेको छ । एल साल्भाडोरको कारागारमा रहेका अवैध आप्रवासी किल्मर अब्रिगो गार्सियालाई पुनः अमेरिका फर्काउने जिल्ला न्यायाधीशको आदेशलाई यथास्थितिमा अघि बढ्न दिने निर्णय गरेको छ।

गार्सिया जो मेरिल्याण्डका बासिन्दा हुन् । हाल उनि एल साल्भाडोरको चर्चित उच्च सुरक्षा कारागार मा बन्दी छन्। उनीमाथि घरेलु हिंसा, पत्नीमाथि बारम्बार आक्रमण र एमएस-१३ गिरोहसँग सम्बन्ध रहेको आरोप छ।

गएको महिना अमेरिकी सर्वोच्च अदालतको एउटा निर्णयपछि जिल्ला न्यायाधीशले उनलाई अमेरिका फर्काउन आदेश दिएका थिए। न्याय विभागले उक्त आदेश रोक्न चौथो संघीय अपील अदालतमा आग्रह गरे पनि अदालतले त्यो अस्वीकृत गर्‍यो।

तीन न्यायाधीशको इजलासमा पूर्व राष्ट्रपति रेगन, क्लिन्टन र ओबामाद्वारा नियुक्त न्यायाधीशहरू थिए। फैसला लेख्दा न्यायाधीश हार्भी विल्किन्सनले गार्सियालाई निवासी भनेर उल्लेख गरे — यद्यपि उनी कानुनी रूपमा अमेरिकी नागरिक होइनन्।

विल्किन्सनले भने, “सरकार विदेशी कारागारमा अमेरिकी निवासीलाई बिना प्रक्रिया राख्न खोजिरहेको छ, जुन हाम्रो संविधानको मुल आधारसँग मेल खाँदैन। यो कुरा अदालत मात्र नभई आम नागरिकका लागि पनि झस्काउने हुनु पर्छ।”

यसैबीच, अमेरिकी सिनेटरको एल साल्भाडोर यात्रा र गार्सियालाई फर्काउने प्रयासले व्यापक आलोचना खेपेको छ।

प्रतिक्रिया