कोलम्बिया विश्वविद्यालयका एक प्यालेस्टिनी विद्यार्थी तथा प्यालेस्टिनी बिद्यार्थी संघका सह-संस्थापक मोहसेन महदावीलाई अमेरिकाको गृह बिभाग अन्तर्गतको अध्यागमन अधिकारीहरूले सोमबार पक्राउ गरेका छन्। उनी स्थायी आवासीय पत्र धारक (Green Card holder) हुन् । भर्मन्टमा नागरिकता अन्तर्वार्तामा सहभागी भइसकेपछि हिरासतमा परेका हुन्।
महदावीका वकिलहरूका अनुसार, उनी लामो समयदेखि इजरायली सैनिक कारबाहीको आलोचक थिए । गत मार्च २०२४ सम्म कोलम्बिया बिश्वबिश्वबिद्यालय को परिसरमा भएका विरोध प्रदर्शनहरूमा सक्रिय थिए। त्यसपछि उनी सार्वजनिक रूपमा पछि हटेका थिए।
उनको गिरफ्तारीपछि अमेरिकी संघीय न्यायाधीश विलियम सेशन्सले सरकारलाई महदावीलाई भर्मन्ट बाहिर लैजान नपाउने अस्थायी आदेश जारी गरेका छन्। वकिलहरूले भनेका छन्, “यो गिरफ्तारी अमेरिकी संविधानको पहिलो संशोधन (प्रस्ताव स्वतन्त्रता) को उल्लङ्घन हो।”
महदावी सन् २०१४ मा अमेरिका आएका थिए। उनी पश्चिम किनारा (वेस्ट बैंक)को एक शरणार्थी शिविरमा हुर्किएका थिए, जहाँ बाल्यकालमा उनले आफ्ना साथीलाई इजरायली सैनिकले गोली हानेर मारेको देखेका थिए। यो कुरा उनले सन् २०२३ को डिसेम्बरमा ६० मिनेट कार्यक्रममा सार्वजनिक गरेका थिए।
उनका वकिलहरूको दाबी अनुसार, यदि महदावीलाई पश्चिम किनारा पठाईयो भने, उनी त्यहाँ हिरासत, यातना र प्रतिशोधको शिकार बन्न सक्छन्।
यसैबीच, खलिलमाथि आधारित मुद्दामा विदेश सचिव मार्को रुबियोले एउटा ज्ञापनमार्फत सार्वजनिक रुपमा भनेका छन् “व्यक्तिको गतिविधि कानुनी भए पनि, यदि त्यसले नीतिगत असर पार्छ भने उसलाई निर्वासित गर्न सकिन्छ।” खलिललाई केही हप्ता पहिले नै पक्राउ गरिएको थियो, जब उनले गाजा युद्धविरुद्ध बिश्वबिद्यालयमा विरोध प्रदर्शनको नेतृत्व गरेका थिए।
यो घटनाक्रम अमेरिकी विश्वविद्यालयहरूमा प्यालेस्टिनी समर्थन गर्ने विद्यार्थीमाथिको दमन र अभिव्यक्ति स्वतन्त्रताको सीमांकनको गम्भीर उदाहरण मानिएको छ।
प्रतिक्रिया