अमेरिकी प्रशासनिक गल्तीका कारण मेरिल्यान्डका नागरिक एल साल्भाडोरको कुख्यात कारागारमा रहेको एबिसीन्यूजले जनाएको छ ।
मेरिल्यान्डका किल्मर आर्माडो एब्रेगो-गार्सिया ,जसले कानूनी रूपमा अमेरिका बस्ने अधिकार पाएका थिए । उनलाई अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आसिइ) को “प्रशासनिक गल्ती” का कारण एल साल्भाडोरको कुख्यात झ्यालखानामा पठाइएका छन्।
एब्रेगो-गार्सिया, जसकी अमेरिकी नागरिक श्रीमती र पाँच वर्षीय छोराछोरी छन् । हाल एल साल्भाडोरको कुख्यात जेलमा छन्। उनका वकिलहरूले उनलाई फिर्ता ल्याउन अमेरिकी सरकारलाई दबाब दिइरहेका छन्।
अमेरिकी सरकारले गल्ती स्वीकारे पनि अदालतले उनलाई फिर्ता ल्याउने आदेश दिन नसक्ने जनाएको छ। सन् २०१९ मा एक गोप्य सूचना अनुसार एब्रेगो-गार्सिया एमएस-१३ गिरोहका सदस्य भएको दाबी गरिएको थियो। पछि उनले अमेरिकामा शरणार्थी बन्नको लागि आवेदन दिएका थिए, जसलाई अध्यागमन न्यायाधीशले स्वीकृत गरेका थिए।
यसै महिना आइसिइ अधिकारीहरूले उनलाई पक्राउ गरी टेक्ससको हिरासत केन्द्रमा पठाए। मार्च १५ मा उनलाई एल साल्भाडोर लगिएको थियो। आइसिइ का एक अधिकारी रोबर्ट सेर्नाले भने, “यो एक गल्ती थियो।”
उनका वकिलहरूका अनुसार, उनी कुनै गिरोहका सदस्य होइनन् । तर सरकार उनको निर्दोषिता प्रमाणित गर्न कुनै ठोस प्रमाण पेश गर्न असफल भएको छ।
प्रतिक्रिया