लिथुएनियाको पाब्राडे नजिक सैन्य तालिमका क्रममा हराएका चार अमेरिकी सैनिकमध्ये तीन जना सोमबार मृत अवस्थामा फेला परेका छन् ।
तर चौथो सैनिकको खोजी जारी रहेको एविसिन्यूजले जनाएको छ।
ती सैनिकहरू चढेको एम८८ हर्कुलस बख्तरबन्द उद्धार सवारी साधन सोमबार बिहान दलदलबाट निकालिएको थियो। सो सवारी फिर्ता ल्याउन सेनाले छ दिनसम्म प्रयास गरेको थियो।
जर्जियास्थित फोर्ट स्टेवार्टमा कार्यरत ती सैनिकहरू गत मंगलबार तालिमका क्रममा हराएका थिए। बुधबार उनीहरू चढेको ६३-टनको सवारी करिब १५ फिट गहिरो पानी र माटोमा डुबेको अवस्थामा फेला परेको थियो।
लिथुएनियाका रक्षामन्त्री दोविले सकालिएनेका अनुसार एम८८ सिधै दलदलमा पसेको हुनसक्ने र कठिन परिस्थितिका कारण खोजी अभियान जटिल बनेको उनले बताए ।
सेनाले उद्धारका लागि ठूलो क्षमता भएको पानी निकास पम्प(उत्तोलन यन्त्र), क्रेन( भारोत्तोलन यंत्र )३० टन भन्दा बढी ग्राभेल(रोडा) तथा विज्ञहरू परिचालन गरेको थियो।
पोलाण्डका सेनाले पनि १५० जना इन्जिनियर( अभियन्ता)थप उपकरण र पत्ता लगाउने उद्धार सवारीहरू पठाएको थियो।
उद्धार टोलीले आइतबार राति शून्य दृश्यतामा दलदलमा तार जडान गरेर गाडी बाहिर निकाले।
प्रतिक्रिया