मंगोलियाको गोबी मरुभूमिमा सबैभन्दा ठूलो पूर्ण रूपमा सुरक्षित डाइनोसरको नङ्ग्राको खोज

इनेप्लिज २०८१ चैत १६ गते २०:५१ मा प्रकाशित

वैज्ञानिकहरूले मंगोलियाको गोबी मरुभूमिमा सबैभन्दा ठूलो पूर्ण रूपमा सुरक्षित डाइनोसरको नङको खोज गरेका छन् ।

मंगोलियाको गोबी मरुभूमिमा भएको पुरातात्विक खोजले एक नयाँ डाइनोसर प्रजातिको अस्तित्वलाई प्रमाणित गरेको छ, जसको दुई नाङ्ग्रा भएका विशेष नङले यसलाई अन्य डाइनोसरहरूबाट अलग पारेको छ।

अनुसन्धानका अनुसार यो डाइनोसर स्लोथ र जिराफको अनौठो मिश्रण जस्तो देखिन्छ।

प्राचीन जीवहरूको अध्ययन गर्ने वैज्ञानिक (पेलियण्टोलोजिस्ट)हरूले गोबी मरुभूमिमा यो जीवाश्म पत्ता लगाएका छन् । यस खोजको महत्व यसमा एक नङको आवरण पूर्ण रूपमा सुरक्षित रहेको छ।

यो आवरण केराटिन (जसले नङलाई बनाउँछ) बाट बनेको छ । नङको लम्बाई हड्डी भन्दा धेरै लामो छ । अनुसन्धानकर्ताहरूले यो प्रकारको नङको सबैभन्दा ठूलो सुरक्षित खोज भएको बताए ।

डाइनोसरलाई डुनिचस सोग्टबाटारी नाम दिइएको छ । यो प्रजाति थेरिजिनोसोरको समूहमा पर्छ भने जसका सदस्य प्रायः बिरुवा खाने गर्थे ।

यो डाइनोसरको उचाई लगभग ३ मिटर र यसको वजन लगभग २६० किलोग्राम थियो। यसले आफ्नो घुमाउरो नङहरूको मद्दतले बिरुवा काट्ने काम गर्ने गर्थ्यो र यसको नङले लगभग १० सेमी चौडा हाँगाहरु समात्न सक्ने बैज्ञानिकहरुले बताएका छन् ।

वैज्ञानिकहरूले यस डाइनोसरका पिठ्युँ, पुच्छर,हात र खुट्टाका अंशहरू पनि पत्ता लगाएका छन्। बैज्ञानिकहरुका अनुसार यसका दुई नङ्ग्रा भएका हातहरूले अरूको भन्दा फरक देखिन्छ र सम्भवत: यसले आफ्ना नङ्ग्राहरूको मद्दतले बचाव गर्न वा प्रदर्शन गर्न प्रयोग गरेको थियो।

प्रतिक्रिया