संयुक्त राष्ट्रसंघले नयाँ मानवीय प्रतिवेदन जारी गर्दै गाजा क्षेत्रमा मार्च १८ यता इजरायली कारबाहीका कारण ६३२,००० भन्दा बढी प्यालेस्टिनी नागरिक फेरि विस्थापित भएको जनाएको छ। यो अवस्था दुई महिनासम्म कायम रहेको युद्धविराम तोडिएपछि सुरु भएको हो।
संगठनले थप जानकारी दिँदै मे १ यता कम्तीमा २८ जना सहायता कर्मीको हत्या भएको बताएको छ।अक्टोबर ७, २०२३ मा इजरायल–हमास युद्ध सुरु भएयता ४५२ जना सहायता कर्मी जसमा ३१५ जना युएन कर्मचारी पनि मारिएका छन्।
६०० दिन बितिसकेको युद्धबीच गाजाका बासिन्दा जसमा आधा जस्तो बालबालिका छन । उनिहरु बाँच्नका लागि संघर्षरत छन्। कब्जामा रहेको प्यालेस्टिनी भूमिमा कार्यरत युएन मानवीय टोलीले चेतावनी दिँदै भन्यो: “इजरायलले लागू गरेको सैन्य आधारित सहायता वितरण प्रणालीले न त जनताको आवश्यकताहरू पूरा गर्छ, न त उनीहरूको गरिमा सुरक्षित राख्छ। उल्टो, यो उनीहरूलाई थप जोखिममा पार्ने खालको छ।”
विस्थापनको असर केवल भौतिक मात्र नभएर मानसिक रूपमा समेत विनाशकारी भइरहेको छ। ३० भन्दा बढी विस्थापन आदेशपछि मानिसहरू झनै साँघुरो क्षेत्रमा धकेलिएका छन्।
अल जजिराका अनुसार गाजाको स्वास्थ्य प्रणाली धरासायी भएको छ भने स्वास्थ्य सेवा केन्द्रहरू बन्द हुँदै गएका छन् ।
झन्डै ७ लाख महिला र किशोरीहरू “मासिक धर्म स्वच्छता संकट” मा परेका छन् जसले उनीहरूको स्वास्थ्य, सुरक्षा, सम्मान र मानवअधिकारमा गम्भीर असर पारेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ।
प्रतिक्रिया