अस्ट्रेलियाको पूर्वी तटमा रहेको टोङ्गा टापू नजिकै ७.१ परिमाण (म्याग्निच्युड)को शक्तिशाली भूकम्प गएको छ । प्रशान्त महासागरमा रहेको यो द्वीप राष्ट्रका लागि सुनामी चेतावनी जारी गरिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्प सोमबार बिहानै टोंगाको मुख्य टापुबाट करिब १०० किलोमिटर (६२ माइल) उत्तरपूर्वमा गएको हो।
प्रशान्त सुनामी चेतावनी केन्द्रले भूकम्पको केन्द्रबाट ३०० किलोमिटर (१८५ माइल) भित्र पर्ने तटीय क्षेत्रहरूमा जोखिमयुक्त छालहरू आउन सक्ने चेतावनी दिएको छ। हालसम्म कुनै पनि क्षतिको विवरण प्राप्त भएको छैन।
टोंगा पोलिनेसियामा अवस्थित १७१ द्वीपहरूको समूह हो, जहाँ करिब १ लाख जनसंख्या रहेको छ। तिनीहरूमध्ये अधिकांश मुख्य टापु टोङ्गामा बसोबास गर्छन्।
टोङ्गा अस्ट्रेलियाको पूर्वी तटबाट करिब ३,५०० किलोमिटर (२,००० माइल) टाढा रहेको छ।
प्रतिक्रिया