शान्ति वार्ता चल्दै गर्दा रूसद्वारा युक्रेनमाथि रातभरि आक्रमण, ४ जनाको मृत्यु

इनेप्लिज २०८१ चैत १५ गते २१:४१ मा प्रकाशित

रुसले युक्रेनमाथि रातभरि व्यापक मानव रहित यान (ड्रोन )आक्रमण गर्दा युक्रेनको मध्य निप्रो श हरमा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

स्थानीय अधिकारीहरूले यो आक्रमणले ठूलो आगलागी गराएको बताएका छन् । आक्रमणको कारण चमेनागृह परिसर र धेरै आवासीय भवनहरूलाई असर गरेको छ। गभर्नर सेरही लिसाकका अनुसार १० निजी वटा घर र एक उच्चभवनमा क्षति पुगेको छ भने चार घर र धेरै सवारी आधनहरू पूर्ण रूपमा नष्ट भएका छन्।

लिसाकले टेलिग्राममा भनेका छन्, “१३ जना अस्पतालमा भर्ना भएका छन्, जसमध्ये तीनजनाको अवस्था गम्भीर छ।” आगलागी अहिले नियन्त्रणमा ल्याइएको भए पनि उनले उक्त दृश्यलाई “नरकजस्तो” भन्दै वर्णन गरे।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहशहर क्रिभी रिहमा पनि एउटा प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालिस्टिक मिसाइल )आक्रमण हुँदा सात जना घाइते भएको बताए । तर, गम्भीर घाइते कोही नभएको उनले उल्लेख गरे ।

युक्रेनी वायुसेनाले भने अनुसार, रूसले रातभरि १७२ मानव रहित यान (ड्रोन )प्रहार गरेकोमा ९४ वटा मानव रहित यान (ड्रोन)लाई खसालिएको थियो। बाँकी मानव रहित यान (ड्रोन)हरूले खार्किभ र सुमी क्षेत्रमा आक्रमण गरेका थिए।

राष्ट्रपति जेलेन्स्कीले चेतावनी दिदै भने रूस आगामी हप्ताहरूमा ठूलो आक्रमणको तयारीमा छ। उनले भने, “रूस सुमी, खार्किभ र जापोरीझिया क्षेत्रमा नयाँ आक्रमणको योजना बनाइरहेको छ।”

अमेरिकामा आधारित इन्स्टिच्युट फर द स्टडी अफ वार अर्थात् युद्ध मूल्याङ्कनको अध्ययन सँस्थाका अनुसार “रूसले अस्थायी युद्धविराम वा शान्ति वार्ता लम्ब्याएर युक्रेनलाई झुकाउन खोजिरहेको छ।”

जेलेन्स्कीले भने, “रूसले संसारका शान्तिवार्ता प्रयासहरूको खिल्ली उडाउँदैछ। अब कूटनीतिक दबाब र सैनिक सहयोग आवश्यक छ।”

प्रतिक्रिया