शनिबार रातभरि अमेरिकी हवाई आक्रमणले यमनको विद्रोही हुथी नियन्त्रित क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। आक्रमणमा कम्तीमा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको हुथीद्वारा सञ्चालित साभा समाचार निकायले जनाएको छ।
हुथी विद्रोहीहरूले घटनालाई सामान्य नागरिकमाथिको हमला भने पनि विश्लेषकहरूका अनुसार आक्रमणमा सैन्य र गुप्तचर केन्द्रहरूलाई लक्ष्य बनाइएको छ।
अमेरिकी सेनाले शनिबार यमनको राजधानी साना स्थित हुथीको सैन्य मुख्यालयमा गरिएको आक्रमणको श्रब्यदृश्य (भिडियो )सार्वजनिक गरेको छ। यसले अमेरिकाले आफ्नो आक्रमण तीव्र बनाएको संकेत गरेको छ। यसअघि, राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा यस्तो व्यापक आक्रमण भएको थिएन।
हुथी विद्रोहीहरूले हालै इजरायली जहाजहरूलाई लक्ष्य बनाउने चेतावनी दिएपछि आक्रमण शुरू भएको हो। विद्रोहीहरूले १०० भन्दा बढी व्यापारी जहाजहरूलाई क्षेप्यास्त्र (मिसाइल) र मानव रहित यान (ड्रोन) आक्रमणमा निशाना बनाएका थिए। उनीहरूले साउदी अरब र संयुक्त अरब इमिरेटलाई समेत धम्की दिँदै अमेरिकी आक्रमणमा सहभागी भए कडा प्रतिक्रिया दिने बताएका छन्।
यमनको द्वीपसमूहमा पनि तनाव बढ्दै गएको छ। यस आक्रमणसँगै यमनको दशकौंदेखिको द्वन्द्वमा नयाँ जटिलता थपिएको छ।
प्रतिक्रिया