अमेरिकी अधिकारीहरूसँग साउदी अरबमा भएको छुट्टाछुट्टै बैठकपछि रुस र युक्रेन कालो समुद्रमा बल प्रयोग नगर्ने सहमतिको नजिक पुगेका छन्।
ह्वाइट हाउसले मंगलबार यसबारे जानकारी दिँदै दुबै देशसँग भएको सहमतिको विवरण सार्वजनिक गरेको छ।
अमेरिकाले रुस र युक्रेनसँग छुट्टाछुट्टै तर समान खालका सहमति गरेको बताइएको छ। दुवै देशसँग भएको सहमति अनुसार, “कालो समुद्रमा सुरक्षित आवागमन सुनिश्चित गर्ने, बल प्रयोग रोक्ने, र व्यावसायिक जहाजलाई सैन्य प्रयोजनका लागि प्रयोग नगर्ने” निर्णय भएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि राजधानी कीभमा आयोजित पत्रकार सम्मेलनमा रुस र युक्रेनबीच कालो समुद्रमा सैन्य बल प्रयोग नगर्ने सहमति भएको पुष्टि गरेका छन्। तर, उनले यो सहमति विस्तृत नभएको बताउँदै भने, “यो सुरुवाती कदम मात्र हो।”
यो सहमतिलाई क्षेत्रीय तनाव कम गर्ने प्रयासका रूपमा हेरिएको छ , किनभने पछिल्लो समय कालो समुद्रमा रुस र युक्रेनबीच बारम्बार सैन्य तनाव बढिरहेको थियो।
प्रतिक्रिया