अमेरिकी राष्ट्रपति डोनास्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन वार्ता पछि पनि रूसले युक्रेनका विभिन्न क्षेत्रहरूमा व्यापक आक्रमण जारी राखेको छ ।
शुक्रबार साँझदेखि रूसले युक्रेनका ओडेसा, जापोरिजिया, सुमी, किभ, खमेल्नित्स्की, र चेर्निहिभ क्षेत्रहरूमा २०० भन्दा बढी मानव रहित यान( ड्रोन)हरु प्रक्षेपण गर्यो।
ओडेसा क्षेत्रमा भएका तीव्र आक्रमणहरूको परिणामस्वरूप
एक विशाल बजार र केही पसलहरूमा आगलागी भएको छ।
साथै एक आवासीय भवनमा क्षति पुगेको छ भने तीन बालबालिका घाइते भएका छन्।
जापोरिजियामा रूसी हवाई बमहरूको कारण छ जना घाइते भएका छन् भने चार वर्षको बालक पनि घाइते भएका छन् । साधारण घरहरू र सवारी साधनहरूमा क्षति पुगेको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसमाथि कडा प्रतिबन्ध र हाम्रो देशको रक्षा समर्थनलाई बलियो बनाउँदै संयुक्त दबाबले मात्र यस्तो आतंकको अन्त्य र रूसद्वारा युद्धको लम्ब्याइलाई रोक्न सकिने बताएका छन्।
हामी अमेरिका, युरोप र हाम्रा सबै साझेदारहरूबाट रूसमाथि वास्तविक दबाबको अपेक्षा गर्छौं भन्दै सामाजिक सॅजालमा लेखेका छन् ।
प्रतिक्रिया