रुसले आक्रमण गरे पछि ट्रम्प र जेलेन्स्की बीच दूरवार्ता

इनेप्लिज २०८१ चैत ५ गते १६:५५ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले आज बिहान १० बजे (पूर्वी समय) अनुसार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग दुरवार्ता गरेका छन्।

उनले सामाजिक सॅजालमा उक्त कुराकानी बारे छोटोमा जानकारी गराएका छन्। उनले करिव १ घन्टा कुराकानी भएको बताएका छन्।

यो वार्ता ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हिजो भएको दुई घण्टाको छलफलपछिको हो, जसमा रूस-युक्रेन युद्ध अन्त्य गर्न रणनीतिहरूमा केन्द्रित गरिएको थियो।  

ट्रम्पले जेलेन्स्कीलाई पुटिनसँगको वार्ताको बारेमा जानकारी दिए र युद्ध अन्त्य गर्नका लागि सम्भावित कदमहरूबारे छलफल गरे। 

तर, पुटिनले यसअघि सहमति भएको ३० दिने युद्धविराम उल्लङ्घन गर्दै युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण गरेका छन्।  

ट्रम्पले यो वार्तालाई “धेरै राम्रो” भन्दै शान्ति प्रक्रियामा प्रगति भइरहेको बताए। तर, रूस र युक्रेन दुबै पक्षले युद्धविराम उल्लङ्घनको आरोप लगाइरहेका छन्, जसले शान्ति प्रयासहरूमा चुनौती थपेको छ।  

यसैबीच, रूस र युक्रेनले ३७२ सैनिकहरूको आदानप्रदान गरेका छन् ।

प्रतिक्रिया