अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसमा भएका हालका वार्तालाई “अत्यन्तै लाभकारी ” भएको बताएका छन्। मस्कोमा अमेरिकी विशेष दूत स्टिभ विटकोफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको बैठकपछि ट्रम्पले आशावादी प्रतिक्रिया दिएका हुन्।
ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा लेख्दै अन्य रुसी प्रतिनिधिहरूसँग पनि बैठक भएको र उक्त बैठक प्रभावकारी रूपमा सम्पन्न भएको बताए।
“त्यहाँ भएका अन्य बैठकहरू पनि निकै लाभकारी भए। त्यसपछि प्रक्रिया छिटो र प्रभावकारी रूपमा अघि बढ्यो । आशा गरौं ,सबै संकेतहरू राम्रा देखिन्छन् ट्रम्पले भने।
ट्रम्पले चुनावी अभियानका क्रममा आफूले २४ घण्टाभित्र रूस-युक्रेन युद्ध अन्त्य गर्ने भनेको अभिव्यक्तिलाई व्यंग्यात्मक रहेको बताए। तर, उनले अझै पनि युद्धविराम वार्तालाई सफलतापूर्वक अघि बढाउने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया