शुक्रबार एक संघीय अपिल अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका कार्यकारी आदेशहरूलाई रोक हटाइदिएको छ । जसले संघीय सरकारले विविधता, समानता र समावेशन (डिइआई) कार्यक्रमहरूमा सहयोग घटाउने लक्ष्य राखेका थिए।
बाइडेन प्रशासनद्वारा नियुक्त बाल्टिमोरका अमेरिकी जिल्ला न्यायाधिश एडलम अबेल्सनको निर्णयलाई उल्टाउँदै चौथो अमेरिकी अपिल अदालतले यी आदेशहरू चलिरहेको मुद्दाका दौरान लागू गर्न सकिने फैसला दिए ।
ट्रम्पका कार्यकारी आदेशहरूले संघीय निकायहरूलाई “समावेशीसँग सम्बन्धित” अनुदान र सम्झौताहरू समाप्त गर्न निर्देशन दिएका थिए । अमेरिकी संघीय अदालतले राष्ट्रपती डोनाल्ड ट्रम्पको पक्षमा फैसला गर्दै कार्यकारी आदेशहरूमाथि लगाइएको प्रतिबन्ध हटाएको छ ।
यी कार्यकारी आदेशहरू जनवरी २०, २०२५ मा हस्ताक्षर गरिएका थिए, जसले संघीय निकायहरू भित्रका डिइआई पहलहरू हटाउने र संघीय ठेकेदारहरूलाई “अवैध” डिइआई कार्यक्रमहरू सञ्चालन नगरेको प्रमाणित गर्न बाध्य बनाउने प्रयास गर्छ। ट्रम्प प्रशासनले यी आदेशहरूलाई योग्यताको आधारमा अभ्यासलाई प्रवर्द्धन गर्न आवश्यक भएको बताएको छ । डिइआई प्रयासहरूलाई “पूर्वाग्रही व्यवहार” को रूपमा व्याख्या गरेको छ।
यस निर्णयको विरुद्ध बाल्टिमोर शहर र केही अधिकार समूहहरूले मुद्दा दायर गरेका थिए, जसमा यी आदेशहरू असंवैधानिक भएको दाबी गरिएको थियो। फेब्रुअरी २०२५ मा, अमेरिकी जिल्ला न्यायाधीश एडम एबेलसनले राष्ट्रव्यापी रूपमा आदेशहरूको कार्यान्वयन रोक्न अस्थायी प्रतिबन्ध (इनजक्सन ) जारी गरेका थिए।
तर, गत शुक्रबार मार्च १४, २०२५ मा, चौथो अमेरिकी अपील अदालतका तीन न्यायाधीशहरूको समूहले उक्त प्रतिबन्ध हटाउने निर्णय गर्यो। यसले ट्रम्पको आदेश कार्यान्वयन गर्न मार्ग खोलिदिएको छ, यद्यपि कानुनी प्रक्रिया अझै बाँकी रहेको फक्सन्यूजले जनाएको छ ।
यस निर्णयले संघीय निकायहरू, ठेकेदारहरू, र डिइआईपहलहरूमा संलग्न संस्थाहरूलाई प्रत्यक्ष प्रभाव पार्नेछ, किनभने अब उनीहरूले यी आदेशहरूको प्रवर्तनलाई ध्यानमा राख्दै आफ्ना गतिविधिहरू सञ्चालन गर्नुपर्नेछ।
प्रतिक्रिया