अमेरिकाको इन्डियानामा एक महिला गाडी दुर्घटनापछि ६ दिनसम्म फसेको अवस्थामा जीवित फेला परेकी छिन् । ४१ वर्षीय आमा ६ दिनपछि जिउँदै भेटिएको एबिसीन्यूजले जनाएको छ भने उनि दुर्घटना पछि गाडीमा फसेकी थिइन् । मैले आशा छोडिसकेको थिएँ,उनले भनिन् ।
उनि तीन सन्तानकी आमाकी हुन् । ४१ बर्षिय ब्रिओन्ना कासेल आफ्नो साथीलाई भेट्न जाँदै गर्दा थकित भइ गाडी चलाउँदा सुते पछि गाडी सडक छोडेर खाडलमा खसेको थियो।
गत मंगलबार, मार्च ११, २०२५, न्यूटन काउन्टी शेरिफ कार्यालयका अनुसार एक व्यक्तिले नाली खन्दै गर्दा गाडी देखेपछि तुरुन्तै यो घटना प्रहरीलाई जानकारी गराए। त्यसपछि स्थानीय स्वयंसेवी अग्नि नियन्त्रण बिभागका सहायक प्रमुख जेरमी भान्डरवाल र अन्य व्यक्तिहरूले गाडी जाँच गरे र कासेललाई जीवित अवस्थामा भेटे ।
“उनी निकै सचेत र सावधान थिइन्, ‘मैले सोच्न थालिसकेकी थिएँ कि मलाई अब कसैले भेट्ने छैन , म यो खाडलमा मर्ने छु।'” भान्डरवालले भने।
कासेललाई शिकागोको अस्पतालमा लगिएको छ र उनी गम्भीर अवस्थामा छन्। यो घटनाले उनलाई र उनका परिवारलाई गहिरो असर पुर्याएको छ
। तर जिउँदो भेटिनु एक चमत्कार हो।
प्रतिक्रिया