अमेरिकी विदेशमन्त्री मार्को रुबियोले र साउदी युवराज मोहम्मद बिन सलमान बीच साउदी अरबमा भेटघाट भएको छ ।
रुबियोले युक्रेन युद्ध समाधान गर्न र स्थायी शान्ति स्थापना गर्न वार्ताहरू आयोजना गरेकोमा धन्यवाद दिएका छन्। रुबियो र साउदी युवराज बीच जेद्दामा दुई घण्टा भन्दा बढी समयसम्म बैठक भएको थियो ।
उक्त बैठकमा राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज पनि सहभागी भएका थिए। यो बैठक अमेरिकी र युक्रेनी अधिकारीहरूबीच मंगलबार हुने उच्चस्तरीय वार्ताहरूको पूर्वसन्ध्यामा भएको हो।
यस बैठकमा यमनको स्थिति र बिद्रोही हुथीहरूद्वारा विश्वव्यापी व्यापार, अमेरिकी चासोहरू, र साउदी नागरिक र पूर्वाधारमा पर्ने खतराहरूको बारेमा छलफल भएको थियो। साथै, सिरियामा स्थिर सरकार स्थापना गर्ने र त्यहाँ आतंकवाद रोक्नका उपायहरूको बारेमा पनि छलफल भएको थियो।
साथै गाजाको पुनर्निर्माणको विषयमा पनि छलफल भएको थियो । गाजाको स्थितिको कुनै पनि समाधानमा हमासको कुनै भूमिका हुनु हुँदैन भन्ने अमेरिकाको दृढ प्रतिबद्धता दोहोर्याए।
यो बैठक युक्रेन युद्धको समाधान खोज्न र स्थायी शान्ति स्थापनाको दिशामा महत्वपूर्ण कदम हो।
प्रतिक्रिया