रूसले सोमबार मस्कोस्थित बेलायती दूतावासका दुई कूटनीतिज्ञलाई जासुसी आरोपमा निष्कासित गरेको जनाएको छ।
रूसी संघीय सुरक्षा सेवाले सरकारी समाचार संस्था रिया नोभोस्तीलाई दिएको बयानमा ती कूटनीतिज्ञहरूले देश प्रवेश अनुमति लिँदा गलत व्यक्तिगत विवरण दिएका थिए । रूसको सुरक्षामा खतरा पुर्याउने गुप्तचर तथा विध्वंसात्मक गतिविधिमा संलग्न रहेको आरोप लगाएको छ। तर यसबारे कुनै प्रमाण प्रस्तुत नगरिएको एबिसीन्यूजले जनाएको छ ।
रिया नोभोस्तीका अनुसार ती कूटनीतिज्ञहरूको अधिकारपत्र खारेज गर्ने निर्णय गरिएको छ । उनीहरूलाई दुई हप्ताभित्र रूस छोड्न आदेश दिइएको छ।
रूसी विदेश मन्त्रालयले पनि छुट्टै विज्ञप्ति जारी गर्दै एक ब्रिटिश दूतावास अधिकारीलाई हाजिर हुन् बोलाएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, मस्कोले रूसी भूमिमा अवैध बेलायती गुप्तचर अधिकारीहरूको गतिविधि सहन गर्ने छैन।”
बेलायती अधिकारीहरूले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्। रूसी संघीय सुरक्षा सेवालेगत वर्ष सात बेलायती कूटनीतिज्ञलाई जासुसीको आरोप लगाएको थियो। सेप्टेम्बर २०२३ मा छ जना र नोभेम्बरमा अर्का एकजना निष्कासित गरिएका थिए। बेलायतले यी निष्कासनलाई आधारहीन भनेको थियो।
रूस-यूक्रेन युद्धका कारण बेलायत र रूसबीचको तनाव उच्च छ। बेलायतले मस्कोस्थित रूसी दूतावासका अधिकारीको मान्यता खारेज गरेको थियो र बेलायतमा रूसी कूटनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको थियो।
यसको प्रतिकारस्वरूप नोभेम्बर २०२३ मा रूसले एक बेलायती कूटनीतिज्ञलाई निष्कासन गरेको थियो ।
प्रतिक्रिया