अध्यागमन र भन्सार प्रवर्तन अर्थात् आईसीईले कोलम्बिया विश्वविद्यालयमा स्थायी आवासीय पत्र (ग्रिनकार्ड) भएका प्यालेस्टिनी कार्यकर्तालाई पक्राउ गरेको छ ।
मह्मूद खलील जो अमेरिकी नागरिकसँग विवाह गरेका छन् । तर वकिलले उनि पक्राउ परेको बताएका छन् ।
अध्यागमन र भन्सार प्रवर्तन (इमिग्रेशन एन्ड कस्टम्स एन्फोर्समेन्ट)का गुप्तचरहरूले प्यालेस्टिनी कार्यकर्ता मह्मूद खलीललाई गत शनिबार राति कोलम्बिया विश्वविद्यालयको विरोध शिविर आन्दोलनको नेतृत्व गरिरहेका बेला पक्राउ गरे।
उनीहरूको दाबी अनुसार खलीलको विद्यार्थी प्रवेशाज्ञा (भिसा )खारेज गरिएको एबीसी न्युजलाई दिएको बयानमा उनका वकिल एमी ग्रियरले बताइन्।
तर खलील अमेरिकी स्थायी आवासीय पत्र (ग्रीन कार्ड) मा रहेका छन्, विद्यार्थी प्रवेशाज्ञामा होइन ग्रियरले आइतबार स्पष्ट पारिन्।
आईसीईको स्पष्टीकरण :
अमेरिकी गृह सुरक्षा विभाग (डिएचएस) की प्रवक्ता ट्रिसिया म्याकलफलिनले आइतबार राति खलीलको पक्राउबारे प्रतिक्रिया दिँदै भनिन्, मार्च ९, २०२५ मा राष्ट्रपति डोनाल्ड ट्रम्पको यहूदी विरोधी गतिविधि रोक्ने कार्यकारी आदेशको समर्थनमा र विदेश बिभागको समन्वयमा, अमेरिकी आप्रवासन तथा सीमा सुरक्षा ले पूर्व कोलम्बिया विश्वविद्यालयका स्नातक विद्यार्थी मह्मूद खलीललाई पक्राउ गरेको हो। खलीलले हमाससँग सम्बन्धित गतिविधिहरूको नेतृत्व गरेका थिए, जुन एक आधिकारिक रूपमा आतंकवादी संगठन हो।”
उनले थप भनिन्,”आईसीई र विदेश बिभाग राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश कार्यान्वयन गर्न र अमेरिकी राष्ट्रिय सुरक्षाको रक्षा गर्न प्रतिबद्ध छन्।”
विदेश सचिवको प्रतिक्रिया :
अमेरिकी विदेशसचिव मार्क रुबियोले आइतबार राति खलीलबारे लेखिएको एउटा समाचार सांझा (सेयर )गर्दै एक्समा लेखे, हामी अमेरिका भित्र रहेका हमास समर्थकहरूको प्रवेशाज्ञा (भिसा) वा स्थायी आवासीय पत्र (ग्रीन कार्ड )खारेज गरी उनीहरूलाई देश निकाला गर्दैछौं।”
खलीलको ठेगाना अज्ञात :
ग्रियरले खलीलको गिरफ्तारीविरुद्ध कानुनी चुनौती दिइरहेकी छन्, तर उनलाई हाल कहाँ राखिएका छन् भन्ने पत्ता लगाउन नसकिएको वकिलले बताइन ।
हामीले मह्मूदको गिरफ्तारी र हिरासतको वैधता चुनौती दिँदै याचिका दर्ता गरेका छौं,ग्रियरले भनिन्। तर, अहिले हामीलाई मह्मूदको कहाँ छन् भन्ने ठ्याक्कै स्थान थाहा नभएको जनाइन ।
खलीलकी पत्नी, जो ८ महिनाको गर्भवती छिन् र अमेरिकी नागरिक हुन्, उनले न्यू जर्सीको एलिजाबेथस्थित आईसीई केन्द्रमा खोज्दा उनलाई भेट्न सकिनन्। ग्रियरका अनुसार, खलीललाई लुजियानामा सारिएको हुनसक्छ।
आईसीईद्वारा मह्मूदको गिरफ्तारी र हिरासत अमेरिकी सरकारले विद्यार्थी आन्दोलन र राजनीतिक अभिव्यक्तिलाई दबाउने प्रयासको हिस्सा हो,ग्रियरले भनिन्। कोलम्बिया विश्वविद्यालयका विद्यार्थीहरूलाई इजरायलको गाजामाथि गरेको आक्रमणको आलोचना गरेको कारण लक्षित गरिएको छ।
ट्रम्पको धम्की :
यो गिरफ्तारी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वविद्यालयहरूमा “अवैध प्रदर्शन”हुन नदिने भन्दै सामाजिक सञ्जालमा चेतावनी दिएको केही दिनपछि भएको हो।
मार्च ४ मा ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा लेखेका थिए: “अवैध प्रदर्शन गर्न दिने कुनै पनि महाबिद्यालय वा विश्वविद्यालयलाई सबै संघीय अनुदान रोकिने छ । अराजकताहरूलाई कारागार पठाइनेछ वा उनीहरूलाई स्थायी रूपमा आफ्नो मुलुक फिर्ता पठाइनेछ। अमेरिकी विद्यार्थीहरूलाई पनि स्थायी रूपमा निष्कासन गरिनेछ वा अपराधअनुसार पक्राउ गरिनेछ। कुनै मुखौटा(मास्क) लगाउन पाइने छैन! तपाईको ध्यानाकर्षणका लागि धन्यवाद।”
प्रतिक्रिया