युक्रेन-रूस युद्ध रोक्न आवश्यक छ : ट्रम्प

इनेप्लिज २०८१ फागुन २६ गते १०:२८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन-रूस युद्धमा अमेरिकी संलग्नता र शान्ति प्रयासलाई लिएर आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन्। अमेरिकी गुप्तचर विभागले युक्रेनसँगको गुप्तचर जानकारी साझेदारी रोक “लगभग” हटाइसकेको ट्रम्पले हटाएको फक्सन्यूजले जनाएको छ । उनले युक्रेनलाई शान्ति वार्तामा थप गम्भीर बन्न आग्रह गर्दै यसलाई रोक्न आवश्यक रहेको बताए ।

ट्रम्पको भनाई अनुसार, अमेरिका युक्रेनलाई थप सहयोग गर्न तयार छ, तर युक्रेनले युद्धको अन्त्यको लागि बढी इच्छाशक्ति देखाउनु पर्छ।

आगामी केही दिनहरूमा युक्रेन शान्ति वार्तामा थप सक्रिय हुनेछ। आफूले राष्ट्रपति भएको भए यो युद्ध कहिल्यै हुदैन थियो,उनले भने । उनले पटक पटक संचार माध्यममा यो कुरा भनि रहेका छन् ।

आर्थिक पक्षमा ट्रम्पले शुल्कहरूको माध्यमबाट अमेरिका बिलियन (अर्ब )डलर कमाउन सक्षम हुनेछ भन्ने विश्वास व्यक्त गरे। शुल्कहरूले अमेरिकालाई समृद्ध बनाउन सहयोग पुर्याउनेछन् र अमेरिका विश्वको आर्थिक महाशक्ति बन्नेछ।

ट्रम्पले साउदी अरबमा हुने आगामी शान्ति वार्तालाई लिएर आशावादी दृष्टिकोण प्रस्तुत गर्दै उनले भने युद्धको समाधानमा यो हप्ता प्रगति हुनेछ। यो युद्धले दुवै पक्षका नागरिकहरूको मृत्यु गराएको छ र यसलाई रोक्न सबैलाई चासो रहेको छ।

प्रतिक्रिया