जिपि फाउन्डेशन अमेरीकाद्वारा नारी दिवस एवं फाउन्डेशन स्थापना दिवस भव्यतासाथ सुसम्पन्न !

इनेप्लिज २०८१ फागुन २६ गते १०:०८ मा प्रकाशित

९ मार्च २०२५,न्युयोर्क अमेरीका

११५औं अन्तर्राष्ट्रीय नारी दिवस एवं गिरीजाप्रसाद कोईराला फाउन्डेशन ( जिपीके फाउन्डेशन) अमेरीकाको स्थापनाको पाँचौं वार्षिकोत्सव न्युयोर्कको क्विन्सस्थित एल्हमस्ट हस्पिटलको अडिटोरीयम हलमा एक विशेष समारोह गरी भव्य रूपमा सम्पन्न भयो। न्युयोर्क राज्यस्थित क्विन्स् काउन्टीकी डिस्ट्रिक्ट एटोर्नी सम्माननीय न्यायाधीश मेलीन्दा काज सो कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो भने न्युयोर्क राज्यका एसेम्ब्लीमेन माननीय स्टेभेन रागा सो कार्यक्रमको विशेष अतिथि हुनुहुन्थ्यो।मध्यान्हको १२ः१५ बजे प्रमुख अतिथिद्वारा उद्घाटीत उक्त कार्यक्रममाका प्रमुख अतिथिज्यु समाजमा उत्कृष्ठ योगदानकर्ता सातजना नारीहरूलाई सम्मानपत्र प्रदान गरी बधाई दिनुभएको थियो।वहाँले फाउन्डेशनको सामाजीक कामहरुको उच्च प्रशंसा गर्दै कोरोनाकालदेखी आजसम्म निरन्तर समाजमा अग्रणी भुमीकामा रही पुर्याएको योगदान अतुलनीय रहेको बताउनुभयो।

सो कार्यक्रममा संयुक्त राष्ट्रसंघका विशिष्ठ प्रतिनिधि लगायत अमेरिकास्थित विभिन्न १५ राष्ट्रका महिला नेतृ एवं सामाजिक अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।नेपालका विभिन्न सामाजिक एवं साँस्कृतीक क्षेत्रमा अग्रणी भुमीका निर्वाह गर्नुहुने विभिन्न महानुभावहरुलाई विशेष सम्मान एवं पुरस्कृत समेत गरीएको थियो।

उक्त कार्यक्रममा बिभिन्न देश,भाषा,धर्म र समुदायका नारी एवं पुरूषहरूको बाक्लो सहभागिता देख्दा यस्तो लाग्थ्यो, विश्वको ठुलो हिस्सा आफ्नो शसक्त उपस्थिती साथ नारी दिवसलाई भव्यतासाथ मनाईरहेछ।नेपाली लोक एवं सांस्कृतिक नृत्यका साथै, चिनियाँ साँकृतिक नृत्य,भारतीय नृत्य लगायतका प्रस्तुतीहरू विशेष आकर्षणका केन्द्र बनेका थिए।

कार्यक्रममा बिभिन्न सामाजिक संस्थाका प्रमुख एवं प्रतिनिधिहरूले संक्षिप्त मन्तव्य दिँदै नारी दिवसको महत्व एवं फाउन्डेशनका गतिविधिहरूको प्रशंसा गर्नुभएको थियो।यसैगरी न्युयोर्क सीटी कम्ट्रोलर कार्यालय, कांग्रेसवुमेन ग्रेस मेगं, एसेम्ब्लीमेन स्टेभेन रागा लगायत विभिन्न निर्वाचित अधिकारीहरूले आफ्ना तर्फवाट फाउन्डेशनको सामाजीक कार्यको उच्च मुल्यांकन गर्दै समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने दर्जनौं महानुभावहरूलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो।

कार्यक्रमको संचालन एवं उद्घोषणमा फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेलाई युवा नेतृ सोनीया तामांगले सघाएकी थिईन्।अध्यक्ष सोमनाथ घिमीरेले आमन्त्रित अतिथीगणको स्वागतगर्दै संक्षेपमा फाउन्डेशनका गतिवीधीहरूबारे प्रकाश पार्दै मन्तव्यदाताको आमन्त्रणमा सहजता प्रदान गर्नुभएको थियो।वहाँले हालैका दिनहरूमा विद्यार्थी लगायत अन्य सर्वसाधारण जनसमुदायलाई अत्यावश्यक खाद्यान्न उपलब्ध गराउने प्रसादि फाउण्डेशनकी अध्यक्ष जेनी प्रासादको उच्च प्रशंसा गर्दै सम्मान गर्न पाएकोमा आफु अत्यन्त गौरवान्वित भएको र सो कार्यमा फाउन्डेशन टीम लगायत विशेष योगदान पुर्याउने सिन्धु अमेरिका वेलफेयर सोसाइटीका अध्यक्ष पासांग नोर्वु शेर्पा र वहाँको स्वयंसेवी टीमलाई सम्मानित गर्नुभएको थियो। सिन्धु अमेरिका वेलफेयर सोसाइटीका अध्यक्ष पासांग नोर्वु शेर्पाले आफ्नो मन्तव्यको क्रममा फाउण्डेशन सॅंग हातेमालो गर्दै सहकार्य गर्ने अवसर मिलेकोमा हामी हर्षित छौं र अबका दिनहरुमा हामी यसरी नै एकताका साथ हामी समुदायका लागि मिलेर काम गर्ने प्रण गर्नु भयो। मिथीला सेन्टर अमेरिकाका अध्यक्ष अमीत साहले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो।

सो कार्यक्रममा संयुक्त राष्ट्रसंघ धार्मिक एवं आध्यात्मिक संघका महासचिव एवं फाउंडेशनका सल्लाहकार आदरणीय गुरू दिलीप थांकापन, एनआरएन न्युयोर्क च्याप्टरकी महिला उपाध्यक्ष लक्ष्मी थापा, महिला नेतृ शारदा क्षेत्री, नेपाली अभियान्ता एवं मानवाधिकार वादी नेतृ द्वय विमला भण्डारी र डाक्टर मिना कर्ण ले मन्तव्य दिँदै महिलादिवस एवं वहाँहरूका अनुभुती सहितका मन्तव्य र आगामी कार्यदिशामा आवश्यक सल्लाह एवं सुझाव दिनुभएको थियो भने मन्तव्य दिने क्रममा १५ वटा राष्ट्रका महिला अधीकारकर्मीहरुले आ-आफ्नो कथा-व्यथाहरु सुनाउॅंदैं हामी सबै नारी एभ भएर हाम्रो हक अधिकारका लागी अझैं ससक्त भएर लड्नु पर्ने छ, भने।

कार्यक्रम अत्यन्त सफलतापूर्वक संपन्न भएको र यसरी सम्पन्न गर्न आफुहरूको पुरै टीमको साथ रहेको भन्दै अध्यक्ष घिमीरेले उपाध्यक्ष सुवर्ण लामा, कोषाध्यक्ष रेखा श्रेष्ठ, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू क्रमशः सुर्य सिंखडा, ध्रुव कुँवर क्षेत्री, प्रेम अधिकारी क्षेत्री, हिरा तामांग र फुडोमा शेर्पाको अथक खटाईको उच्च प्रशंसा गर्दै एकता नै बल हो भन्नेकुरा प्रमाणित भएको बताउनुभयो ।कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई फाउन्डेशन परीवारको तर्फबाट धन्यबाद टक्रयाउँदै फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले कार्यक्रम प्रायोजन गर्ने, आर्थिक, भौतिक एवं नैतिक समर्थन गर्ने सबैलाई फाउन्डेशनका तर्फवाट धन्यवाद टक्रयाउँदै उपस्थित सबैमा फाउन्डेशन परीवारको तर्फवाट हार्दिक आभार प्रकट गर्नुभएको थियो।

से कार्यक्रममा खानाको प्रायोजन एवं व्यवस्थापन टेष्ट अफ नेपालका प्रोपाईटर एवं फाउन्डेशनकी कोषाध्यक्ष रेखा श्रेष्ठले गर्नुभएको थियो भने सहप्रायोजन स्थानीय नेपाली ममः हाउस् रेष्टुरेन्टका प्रोप्राईटर हरी मगर एवं बंगाली रेस्टुरेन्ट मेहमानवे ले गर्नुभएको थियो।

कार्यक्रम सहजतापुर्वक सम्पन्न गर्न फाउन्डेशनका आजीवन सदस्यहरू योगेन्द्र अधिकारी र शेखर कार्की लगायत कृयाशील सदस्यहरु भावना सिंखडा, नीरज रिमाल, राजु रौनीयार, बील तामांग, प्रायोजक लाके़श श्रेष्ठ, बरिष्ठ नृत्यनिर्देशक गोविन्द राई लगायतका दर्जनौ महानुभावहरू व्यवस्थापनमा निरन्तर खटीनुका साथै अतिथिहरूलाई व्याच र मुख्यद्वारमा रजिस्ट्रेशन गर्न स्वयंसेवकको रूपमा सुश्री जानबी खत्री खटीनुभएको थियो।

कार्यक्रम अत्यन्त सफल भएको र प्रवासमा गरीएका आम कार्यक्रममध्येमा बहुराष्ट्रीय, समावेशी एवं उत्कृष्ठ कार्यक्रम रहेको आफुले महसूस गरेको संस्थाका उपाध्यक्ष सुवर्ण लामाले बताउनुभयो।

प्रतिक्रिया