क्यानडाको लिबरल पार्टी(दल)ले महिनौं लामो प्रतिस्पर्धापछि मार्क कार्नीलाई नयाँ नेता चुनेको छ। उनी अब आगामी संघीय चुनावमा दलको नेतृत्व गर्नेछन्, जुन अक्टोबरभन्दा अगाडि नै हुन सक्ने सम्भावना रहेको छ ।
कार्नी तत्कालै लिबरल पार्टीको नेतृत्व सम्हाल्ने भए पनि प्रधानमन्त्री जस्टिन ट्रुडोले केहि समयको लागि पदमा रहनेछन्।
कार्नीको नेतृत्वमा पहिलो मुख्य चुनौती अमेरिकासँग बिग्रँदो सम्बन्ध सुधार गर्नु हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई अवैध आप्रवासन, फेन्टानाइल तस्करी, र व्यापार असन्तुलनको दोष लगाउँदै उच्च शुल्क लगाउने धम्की दिएका छन्।
कार्नीले आफ्नो पहिलो सम्बोधनमा अमेरिकी नीतिहरूको आलोचना गर्दै भने,अमेरिकाले हामीलाई सम्मान नगरेसम्म प्रतिरोधी भन्सार शुल्क कायम रहनेछन् । साथै उनले विश्वसनीय व्यापार साझेदारहरूसँग नयाँ सम्झौताहरू गर्ने प्रतिज्ञा गरे।
हालसम्म रुढीबादी दल (कन्जर्भेटिभ पार्टी) सर्वेक्षणहरूमा अगाडि रहे पनि ट्रम्प प्रशासन विरुद्ध क्यानडाली उदारवादी (लिबरल नेताहरूको कडा अडानले समर्थन केही हदसम्म फर्काएको देखिन्छ। अबको चुनाव क्यानडाको व्यापार नीति र अमेरिका-क्यानडा सम्बन्धको भविष्य निर्धारण गर्नेछ
प्रतिक्रिया