हिक्सभिल, न्युयोर्क – मार्च ८, २०२५
नेपाली समुदायलाई अमेरिकी अध्यागमन कानूनबारे जानकारी दिने उद्देश्यले नेपाली समुदाय समन्वय समिति अमेरिका (CCNC USA) द्वारा आयोजित विशेष अन्तरक्रिया कार्यक्रम हिक्सभिल स्थित लेभिटाउन हलमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमको प्रमुख वक्ता वरिष्ठ कानूनविद् खगेन्द्रध्वज जिसी हुनुहुन्थ्यो भने विशेष अतिथि वरिष्ठ चिकित्सक डा. रेखा हमाल जिसी थिइन्।
कार्यक्रममा समाजका अग्रणी व्यक्तिहरू – वेदप्रसाद खरेल, महेश खड्का, टक रुवाली, विश्वराज बास्तोला, टिकाराज ढकाल, बसन्त चापागाईं, शंखनारायण प्रजापति, शिव फागू, र विकास रेग्मी ले मन्तव्य राख्नु भएको थियो।
कार्यक्रमको अध्यक्षता CCNC USA का अध्यक्ष बाबुराम शर्माले गर्नुभएको थियो भने, शंकरराज भण्डारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।
कार्यक्रममा मानार्थ डाक्टर विश्वराज बास्तोला (Doctor of Philanthropy, CICA International University & Seminary) लाई प्रमुख अतिथि खगेन्द्रध्वज जिसी ले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।
व्यापक उपस्थिति र उत्साहजनक सहभागिता
कार्यक्रममा समाजका प्रतिष्ठित व्यक्तिहरू – श्याम मानन्धर, वासु लामिछाने, सूर्य पौडेल, निरज सापकोटा, निर्मल श्रेष्ठ, पम्फा भण्डारी, लक्ष्मी बास्तोला, लक्ष्मी थापा, इलिजाबेथ ढकाल, निशा शर्मा, शिव फागू, शंखनारायण प्रजापति, मोहन क्षेत्री, निर्मल थपलिया, विक्रम केसी, सानु सिलवाल, बिदुर सापकोटा, कृष्ण पौडेल, पूर्ण छन्त्याल, टिका छन्त्याल, सुमन बास्तोला, दामोदर रेग्मी, किस्न पौडेल, सुरेस पौडेल, हरि पौडेल, देवेन्द्र सिंह, तुलसी पौडेल, तेज पौडेल लगायत समाजसेवी तथा अभियन्ता हरूको उल्लेखनीय उपस्थिति थियो।
अध्यागमन कानूनबारे महत्वपूर्ण जानकारी
कार्यक्रमका प्रमुख वक्ता खगेन्द्रध्वज जिसी ले अमेरिकी अध्यागमन नीतिमा आएका पछिल्ला परिवर्तनहरू, सम्भावित कानूनी जटिलता तथा समाधानका उपायहरू बारे विस्तृत जानकारी दिनुभयो। सहभागीहरूले उहाँसँग अध्यागमनसम्बन्धी विविध प्रश्न तथा जिज्ञासा राखेका थिए, जसमा उहाँले प्रत्यक्ष रूपमा जवाफ दिनुभयो।
जिसी सोसलिस्ट इन्टरनेशनल का उपाध्यक्ष पनि हुनुहुन्छ, जसले उहाँको कानूनी र अन्तर्राष्ट्रिय अनुभवलाई झन् महत्त्वपूर्ण बनाएको छ।
फेसबुक लाइभ प्रसारण
कार्यक्रमलाई फेसबुक लाइभ मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो, जसले विदेशमा रहेका नेपालीहरूलाई जानकारी हासिल गर्न सहयोग पुर्यायो।
महिला दिवसको सन्दर्भमा विशेष सम्मान
यस अवसरमा अन्तर्राष्ट्रिय महिला दिवस (११५औं) को अवसर पारेर डा. रेखा हमाल जिसी ले नेपाली महिला समुदायलाई शुभकामना व्यक्त गर्नुभयो।
CCNC USA को प्रतिबद्धता
कार्यक्रमका सभापति बाबुराम शर्मा ले CCNC USA को सक्रियताका बारेमा जानकारी दिँदै, सामुदायिक भवन खरिदको अन्तिम चरणमा प्रवेश गरेको जानकारी पनि दिनुभयो र सहयोगको अपील गर्नुभयो।
एक ऐतिहासिक कार्यक्रम
तीन घण्टा चलेको यो अन्तरक्रिया कार्यक्रम उत्साहजनक सहभागिता, महत्वपूर्ण कानूनी जानकारी, प्रत्यक्ष संवाद तथा समुदायको सक्रिय भूमिकाका कारण नेपाली समुदायका लागि एक महत्वपूर्ण उपलब्धि बनेको छ।
प्रतिक्रिया