अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा इलन मस्कको संलग्नता र मुख्य भूमिकामा रहेको कारण देशभरि टेस्लाका सुबिधा,प्रदर्शन कक्ष तथा केन्द्रहरूमा आक्रमण र प्रदर्शनहरू तीव्र भएका छन्। सिबिएसन्यूजका अनुसार विभिन्न टेस्लाका बिक्रेता तथा विद्युत्कोष उर्जा प्रदान केन्द्र (चार्जिङ स्टेसन)हरूमा आगजनी, तोडफोड, गोली प्रहार र भित्तेलेखन भएका घटनाहरू सार्वजनिक भएका छन्।
मस्क ट्रम्प प्रशासनको सरकारी दक्षता बिभा को नेतृत्व गरिरहेका छन् । हालसम्म ६२,००० भन्दा बढी संघीय जागिर कटौती भै सकेको छ । यही कारण देशभरि टेस्ला टेकडाउन नामक प्रदर्शनहरू भइरहेका छन् भने जसमा केही हिंसात्मक घटना समेत भएका छन्।
गत जनवरी २९ देखि प्रदर्शनहरु सुरु भएको छ । मुख्य आक्रमणहरू कोलोराडो,मेरिल्याण्ड, म्यासाचुसेट्स,बोस्टन, म्यासाचुसेट्स,पोर्टल्यान्ड ओरेगन न्यूयोर्क म्यानह्याटनमा प्रदर्शनहरु भएका छन् ।
किन भइरहेको छ टेस्लाविरुद्ध आक्रोश?
मस्कको सरकारी दक्षता बिभागले हजारौँ संघीय कर्मचारीहरूलाई हटाएको छ। साथै उनका विवादास्पद भनाइहरूले उनि विवादमा मुसिएका छन् ।
दक्षिणपन्थी जर्मन नेताहरूलाई समर्थनजनक भाषण दिएपछि आक्रोश बढेको छ। त्यस्तै ट्रम्प प्रशासनसँग उनको सम्बन्ध निकटताका कारण विरोध भइरहेको* छ। मस्कले प्रदर्शनबारे प्रतिक्रिया नदिए पनि म्यासाचुसेट्स घटनामा तोडफोड स्वतन्त्र अभिव्यक्ति होइन भनि लेखेका छन् ।
प्रतिक्रिया