नासभिल, टेनेसी । अमेरिकाको टेनेसी राज्यको नासभिलमा एक पूर्व प्रहरी आमाले आफ्ना २१ वर्षीय छोरालाई जन्मदिनकै दिन ठक्कर दिएर फरार भएको आरोपमा खोजी भइरहेको अवैध आप्रवासी टोनी लोपेज-इन्फान्टे प्रति तीव्र आक्रोश व्यक्त गरेकी छन्।
उनले भनेकी छन्, “यो कानुनी या अवैध भन्ने मुद्दा होइन, यो मानवीयताको प्रश्न हो। तपाईले कसैलाई ठक्कर दिनुभयो भने रोकिनुपर्छ, त्यो नै सही हो। नत्र तपाई राक्षस हुनुहुन्छ।”
शीना काराच नामकी यी पूर्व प्रहरीकी भनाइ अनुसार, उनी मे १९ मा परिवारसहित नासभिल, टेनेसी पुगेकी थिइन् जब उनको छोरा ज्याक काराचलाई तीव्र गतिमा आएको सानो सवारी साधन (कार)ले ठक्कर दियो र चालक फरार भए । “त्यो क्षण मेरो हृदय नै शरीरबाट बाहिर निस्किएको जस्तो लाग्यो। म दौडिएर गएको श्रब्यदृश्य (भिडियो)मा आफैलाई देख्न सक्छु, तर म कसरी बाँचेँ भनेर अझै थाहा छैन,” उनले भनिन्।
घटनाको केही समयपछि नासभिल प्रहरीले ठक्कर दिने चालकको रूपमा ३२ वर्षीय टोनी लोपेज-इन्फान्टे लाई पहिचान गर्यो। उनी भेनेजुएलाका नागरिक हुन् र अगस्त २०२३ मा अमेरिका अवैध रूपमा प्रवेश गरेका थिए। आसिइका अनुसार, उनीमाथि निर्वासनको अन्तिम आदेश समेत जारी गरिएको थियो।
यता टेनेसीका रिपब्लिकन सांसदहरूले नासभिलका डेमोक्र्याट नगर प्रमुख (मेयर)माथि आक्रोशप्रकट गर्दै “अवैध आप्रवासीको सुरक्षालाई अमेरिकी नागरिकभन्दा प्राथमिकता दिएको”आरोप लगाएका छन्।
काराचले भनेकी छन्, “उनी बिना अनुमति चालक पत्र (लाइसेन्स), बीमा, उधारो पत्र (क्रेडिट कार्ड )नभई गाडी भाडामा लिएर महिनौँसम्म चलाउँदै थिए। यो नियम हामीजस्ता नागरिकका लागि लाग्छ, तर उनलाई छुट दिइयो।”
*होमल्याण्ड सुरक्षा बिभागले सामाजिक संजाल एक्समा लेखेको छ: “यो अपराध बाइडेन प्रशासनको खुला सीमा नीतिका कारण भएको हो। अवैध आप्रवासीलाई प्राथमिकता दिँदा अमेरिकीहरू असुरक्षित भएका छन्।”
काराचको छोरा अहिले पाङ्ग्रेकुर्सि (ह्वीलचेयर)मा छन् । कम्तिमा दुई महिना पुनःस्थापनाको प्रक्रिया मा रहनेछन। आमाको एउटै आग्रह छ — “उनी बाहिर आओस् र अपराध स्वीकार गरून्। उनीसँग कुनै पछुतो छैन, त्यसैले म उनलाई राक्षस मान्छु।”
प्रतिक्रिया