राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार राति हस्ताक्षर गरेको एक आधिकारिक ज्ञापनमा क्यालिफोर्नियामा जारी विरोध प्रदर्शनलाई “अमेरिकाको सरकार विरुद्धको विद्रोहको रूप” भनेर परिभाषित गरिएको छ। उक्त ज्ञापनअनुसार, ट्रम्पले संघीय सुरक्षाकर्मी र सम्पत्तिको सुरक्षा गर्नका लागि राष्ट्रिय सुरक्षा बल परिचालन गर्न आदेश दिएका छन्।
संविधानको धारा १० यु एस सि १२४०६ को अधिकार प्रयोग गर्दै, ट्रम्पले आप्रवासन तथा भन्सार प्रवर्तन (आइसिइ) लगायतका संघीय निकायको अस्थायी सुरक्षा सुनिश्चित गर्न यो निर्णय लिएका हुन्। यस अन्तर्गत, २,००० सेवा सदस्यहरूलाई ६० दिनसम्म वा रक्षा मन्त्रीको निर्णय अनुसार बढी वा कम अवधिका लागि तैनाथ गर्न सकिने उल्लेख गरिएको छ।
ज्ञापनमा रक्षा सचिवलाई थप अधिकार दिइएको छ । संघीय कार्य र सम्पत्तिको सुरक्षा गर्न आवश्यक अनुसार अन्य नियमित सशस्त्र बलका सदस्यहरू पनि प्रयोग गर्न सकिनेछ,ज्ञापनमा उल्लेख गरिएको छ ।
यसै सन्दर्भमा, अमेरिकी रक्षा सचिव पिट हेगसेथले भने, “लस एन्जलसमा संघीय कानुनी प्रवर्तनलाई सहयोग गर्न हामी राष्ट्रिय सुरक्षा बल (नेसनल गार्ड )तत्काल परिचालन गर्दैछौं।” उनले चेतावनी दिँदै थपे, “यदि हिंसा जारी रह्यो भने, क्याम्प पेंडलटनमा रहेका सक्रिय नौसेनाहरूलाई पनि तैनाथ गरिनेछ — उनीहरू उच्च सतर्कतामा छन्।”
यो कदमले राष्ट्रपति ट्रम्पको कडा कानुनी र सुरक्षात्मक रुख देखाउँछ, विशेषगरी जब उनले विरोध प्रदर्शनलाई ‘विद्रोह’को संज्ञा दिए। लस एन्जलसमा पछिल्ला दिनमा संघीय आप्रवासन धरपकडसँग जोडिएको असन्तुष्टिको चर्को प्रतिक्रिया आएको थियो, जसको प्रतिकार स्वरूप विभिन्न स्थानमा प्रदर्शन र हिंसात्मक घटना देखिएका छन्।
प्रतिक्रिया