राजनीति र मस्कसँगको विवादलाई एकछिन छोडेर ट्रम्प खतरनाक यूएफसी भिडन्तमा उपस्थित

इनेप्लिज २०८२ जेठ २६ गते १५:५८ मा प्रकाशित

नेवार्क ,न्यू जर्सी — राष्ट्रपति डोनाल्ड ट्रम्प गत शनिबार राति न्यूजर्सीको प्रुडेन्सियल युएफसी खेल केन्द्रमा आयोजित युएफसी ३१६ प्रतियोगितामा सहभागी भए । उनि त्यहाँ उपस्थित हुँदा भीडले उभिएर भब्य स्वागत गर्यो र उनले केही छेउमा बसेका दर्शकहरुसंग पनि हात मिलाउन भ्याए ।

इलन मस्कसँगको सार्वजनिक विवादलाई एकछिनका लागि पन्छाउँदै ट्रम्पले पिंज्राभित्रको पिंजडा भित्रको खतरनाक कठोर भिडन्तको मजा लिए।

ट्रम्पसँगै युएफसीका अध्यक्ष डाना ह्वाइट पनि थिए । दुवै जना नजिक बसेर हेरे । गत नोभेम्बरमा पनि उनीहरू युएफसीको न्यूयोर्कस्थितमा सँगै देखिएका थिए, त्यो बेला इलन मस्क पनि उनीहरूसँग थिए।

ट्रम्पले भीडमा उपस्थित आफ्ना समर्थकहरूको साथै माइक टाइसन पनि थिए उनिसँग पनि हात मिलाए। उनीसँग उनकी छोरी इभाङ्का ट्रम्प, ज्वाई जेरेड कुश्नर, छोरा एरिक ट्रम्प र विदेशसचिव मार्को रुबियो पनि थिए।

युएफसी प्रसारण टोलीसँग हात मिलाउँदै ट्रम्पले जो रोगनलाई पनि भेटे, जसले २०२४ को चुनावी अन्तिम चरणमा आफ्नो पोडकास्टमा ट्रम्पलाई लामो समयसम्म अन्तरवार्ता गरेका थिए। उनको अन्तर्वार्ता अत्यधिक र सर्वाधिक रुपमा हेरिएको थियो ।

युएफसीका समर्थकहरू ट्रम्पलाई देखेर उत्साहित भए र तस्बिर पनि खिच्न भ्याए । ट्रम्प लामो समयदेखि युएफसी प्रेमी हुन् र ठूला भिडन्त (फाइट)हरूमा प्राय: सहभागी रहँदै आएका छन्।

गत राती मुख्य खेलमा दुई वटा प्रतियोगिताहरू आयोजना गरिएको थियो । डाना ह्वाइट र ट्रम्पको सम्बन्ध दुई दशकभन्दा पुरानो हो। सन् २००१ मा ट्रम्प ताज महल क्यासिनोमा भएको युएफसी खेल देखि आजसम्म यो साझेदारी अझै बलियो बनेको छ। चुनावी सभाहरूमा ह्वाइटले खुलेर ट्रम्पको समर्थन गरेका थिए, जसले युएफसी प्रशंसकहरूबाट पनि ट्रम्पलाई बलियो साथ दिलाएको छ।

प्रतिक्रिया