रूसले पछिल्ला ४८ घण्टामा युक्रेनमाथि २६४ वटा मानव रहित यान (ड्रोन )आक्रमण गरेको छ। युक्रेनी वायुसेनाका अनुसार शनिबार रातभरि मात्र ११९ इरानी मानव रहित यान (ड्रोन)प्रहार गरिए, जसमध्ये ७३ वटा खसालियो र ३७ वटा क्षति पुर्याउन अगाडी असफल भए ।
यसअघि शुक्रबार राति मात्र १४५ मानव रहित यान (ड्रोन ) तथा तीन वटा क्षेप्यास्त्र युक्रेनतर्फ प्रहार गरिएका थिए। शनिबारको आक्रमणमा २४ युक्रेनी नागरिकको ज्यान गएको छ, जसमा डोनेट्स्क, खार्किभ र ओडेसा क्षेत्रका बासिन्दाहरू प्रभावित भएका छन्। डोनेट्स्कको दोब्रोपिल्या शहरमा रहेको बिशाल बजार (सपिङ सेन्टर) र आवासीय भवनहरू मुख्य निशानामा परेका थिए।
ट्रम्प प्रशासनको सहायता रोकिएपछि आक्रमणमा वृद्धि :
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिँदै आएको सैन्य सहायता र गुप्तचर जानकारी साझेदारी रोक्ने निर्णय गरेसँगै रूसी आक्रमण तीव्र बनेको छ। ट्रम्प प्रशासनको निर्णयलाई कीभ वार्तामा बाध्य पार्ने रणनीतिका रूपमा हेरिएको छ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो स्थितिलाई पश्चिमाहरूको असफल प्रतिबन्ध अभियानको परिणाम भनेका छन्। उनले भने रूसले प्रयोग गर्ने प्रत्येक शहीद मानव रहित यान (ड्रो)नमा पश्चिमी मुलुकहरूबाट प्रतिबन्ध छल्दै आपूर्ति गरिएका ८२,००० भन्दा बढी विदेशी कम्पोनेन्ट(पूर्जा )हरू हुन्छन्। हामी थप हतियार र सुरक्षाका लागि साझेदारहरूसँग निरन्तर काम गरिरहेका छौं।”
युरोपेली नेताहरूले रूसको आक्रमणलाई तीव्र रूपमा निन्दा गरेका छन्।
अमेरिकी नीति परिवर्तनको संकेत ? :
युक्रेनी र अमेरिकी अधिकारीहरू आउँदो हप्ता साउदी अरेबियामा युद्ध अन्त्यका लागि छलफल गर्न जुट्दैछन्। अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र विदेशमन्त्री मार्को रुबियो गर्नेछन्।
यसबीच ट्रम्पले पत्रकारहरूसँग भने, हामी रूससँग राम्रो सम्बन्धमा छौं। उनीहरू युक्रेनलाई ध्वस्त पारिरहेका छन्।
तर उनले युक्रेनलाई नै शान्तिका लागि मुख्य अवरोधको रूपमा चित्रित गर्दै भने, “मलाई रूसभन्दा युक्रेनसँग कुरा गर्न गाह्रो भइरहेको छ। उनीहरूसँग जित्ने कुनै आधार छैन, त्यसैले सम्झौताका लागि दबाब आवश्यक छ।”
प्रतिक्रिया