४० वर्ष सम्म फरार रहेका पुर्टो रिकोबाट भागेका कैदी फ्लोरिडामा समातिए

इनेप्लिज २०८१ फागुन २४ गते १७:२६ मा प्रकाशित

४० वर्ष सम्म फरार रहेका पुर्टो रिकोबाट भागेका कैदी फ्लोरिडामा समातिएका छन् । जर्ज मिल्ला-वाल्डेसले १९८७ मा पुएर्टो रिकोको कारागारबाट भागेका थिए।

पुर्टो रिकोको एक कारागारबाट ४० वर्ष पहिले भागेका एक व्यक्तिलाई फ्लोरिडामा पक्राउ गरिएको लि काउन्टी शेरिफको कार्यालयले जनाएको छ ।

वाल्डेस १९८७ मा पुर्टो रिकोको कारागारबाट भागेका थिए। पुर्टो रिकोको न्याय विभागका अनुसार उनी लुईस अगुइरेको नाममा जीवन गुजारी रहेका थिए ।

उनको आपराधिक इतिहासमा फ्लोरिडाको मुनरो काउन्टीमा डकैती र घातक हतियारसँगै गम्भीर शारीरिक हमलाको आरोप रहेको शेरिफको कार्यालयले जनाएको छ।

लि काउन्टी शेरिफको कार्यालयले भागेका व्यक्तिहरूको इकाईले मिल्ला-वाल्डेसको खोजी गरे । पुर्टो रिकोबाट १९८६ का पुराना औंलाका चिन्हहरु प्राप्त गरे पछि उनलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया