अमेरिकी रक्षा विभागमा कटौती सुरु, ३१,००० जनालाई राजीनामाको प्रस्ताव

इनेप्लिज २०८१ फागुन २४ गते १२:०८ मा प्रकाशित

एक अमेरिकी अधिकारीका अनुसार यस हप्ता अमेरिकी रक्षा विभागका करिब ४,००० कर्मचारीहरूले आफ्ना रोजगारदाताहरूबाट बर्खास्तगी सूचनाहरू प्राप्त गर्न थालेका छन्।

गत महिना विभागको एक विज्ञप्तिमा ८,७८,००० कर्मचारीहरूको कार्यबलमा कम्तिमा ५% देखि ८% सम्मले जागिरबाट हात धुनु पर्ने भनिएको थियो ।

बर्खास्तीको पहिलो लहरमा ५,४०० कर्मचारीहरू प्रभावित हुन सक्ने बताएको थियो । अधिकारीका अनुसार, ३१,००० कर्मचारीहरूले कर्मचारी व्यवस्थापन कार्यालयको बिधुतिय डाक (इमेल )अनुसार राजीनामा अनुरोध पेश गरेका छन् ।ती कर्मचारीहरूको समीक्षा भइरहेको एबिसीन्यूजले जनाएको छ । अहिलेसम्म राजीनामा पेश गर्नेहरूमध्ये ११,००० जनाको अनुरोध स्वीकृत भएको छ।

प्रभावित भएका ३१,००० कर्मचारीहरू कुल रक्षा बिभागको कार्यबलको ३.५% बराबर रहेको छ।

प्रतिक्रिया