न्यु जर्सीको नेवार्कमा शुक्रबार साँझ भएको गोलीकाण्डमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ भने अर्का एक प्रहरी घाइते भएका छन्।
एसेक्स काउन्टी अभियोजन कार्यालयका अनुसार साँझ ६:३७ बजे ब्राडवे तथा कार्टेरेट क्षेत्रमा दुई प्रहरी अधिकारीमाथि गोली प्रहार भएको थियो। दुबैलाई न्युवार्कको बिश्वबिद्यालय अस्पताल लगिएको थियो, जहाँ एक अधिकारीलाई गम्भीर अवस्थामा भर्ना गरिएको थियो।
एक प्रहरी प्रमुख रोबर्ट डब्ल्यू. फक्सले सामाजिक सञ्जालमार्फत एक अधिकारीले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएको पुष्टि गरेका छन्। घाइते अधिकारीको उपचार जारी रहेको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको एबिसीन्यूजले जनाएको छ ।
प्रतिक्रिया