अमेरिकी गृह विभागद्वारा दुई व्यक्तिहरुद्वारा व्यापक धरपकडको चुवाहट गर्नेको पहिचान ,व्यक्तिहरूलाई १० वर्षसम्मको संघीय कारागार सजाय हुन सक्ने

इनेप्लिज २०८१ फागुन २३ गते २३:४६ मा प्रकाशित

अमेरिकी गृह सुरक्षा विभागले दुई व्यक्तिहरुले व्यापक धरपकडको चुवाहट गर्नेको पहिचान गरेको जनाएको छ । अब उनीहरु माथि कारवाही गरिने जनाईएको छ ।

अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमका अनुसार दुई जना लिक अर्थात् पक्राउ गर्नु अघि नै चुवाहट गर्ने व्यक्तिहरूलाई पहिचान गरिएको बताइन ।

गृह सुरक्षा विभाग भित्रका दुई व्यक्तिलाई ट्रम्प प्रशासनको व्यापक निर्वासन योजनाको बीचमा डिएचएसका कारवाहीका योजनाहरू खुलासा गरेको आरोप लागेको सचिव क्रिस्टी नोएमले बताएकी छन्।

हामीले गृह सुरक्षा विभागमा दुई जना चुवाहटगर्ने व्यक्तिहरू पहिचान गरिसकेका छौँ, जसले हाम्रो कारवाहीहरूको जानकारी बाहिर खुलाएका छन् र कानून कार्यान्वयन गर्ने अधिकारीहरूको जीवन जोखिममा पारिरहेका छन्, उनले भनिन्। “हामी यी दुई व्यक्तिहरूलाई कानुनी कारबाहीको सामना गराउने छौँ र उनीहरूको कार्यको लागि जवाफदेही बनाउनेछौँ।”

हामी अमेरिका सुरक्षित राख्नका लागि हाम्रो तर्फबाट सबै प्रयास जारी राख्नेछौँ, उनले भनिन् । दुई आरोपित व्यक्तिहरूको नाम खुलाइएको छैन। ती व्यक्तिहरूविरुद्ध अभियोग लगाइने अपेक्षा गरिएको छ।

हामी यी अपराधीहरूलाई न्याय विभागमा फौजदारी अभियोगका लागि सिफारिस गर्ने तयारी गरिरहेका छौँ,” डिएचएसकी प्रवक्तृ ट्रिसिया म्याकलाफलिनलेउनले भनिन्।

यी व्यक्तिहरूलाई १० वर्षसम्मको संघीय जेल सजाय हुनसक्छ। हामी सबै चुवाहट गर्नेहरूलाई पत्ता लगाउनेछौँ। उनीहरू कारागार (जेल )जान्छन्, र हामी अमेरिकी जनताको लागि न्याय प्राप्त गर्नेछौँ।

यस हप्ताको सुरुमा नोएमले डिएचएसका गोप्य जानकारी चुहावट भएपछि पनि आफ्ना योजनाहरूमा असर नपर्ने बताएकी थिइन्। अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आइसिई) को एउटा छापा अगाडि नै चुहावट भएपछि आईसिई Iअधिकारीहरू आक्रोशित भएका थिए।

यसअघि लस एन्जलस र अरोरा, कोलोराडोका छापासँग सम्बन्धित जानकारी पनि बाहिर चुहिएको थियो।

प्रतिक्रिया